STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०८० फाल्गुण १, मंगलबार

    आदिवासी रङ्गशाला निर्माण छिटो सम्पन्न गर्न मन्त्री लिम्बूद्वारा निर्देशन

    दमक (झापा) युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रङ्गशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सोमबार रङ्गशालाको स्थलगत अवलोकन गर्नुहुँदै उहाँले यसलाई समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिनुभयो । आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषद्मार्फत रङ्गशाला निर्माणका...

  • २०८० माघ २६, शुक्रबार

    नेपालद्वारा क्यानडा सात रनले पराजित

    काठमाडौँ - पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको...

  • २०८० माघ १८, बिहिबार

    यू–१९ विश्वकपमा नेपाल बङ्गलादेशसँग पराजित

    काठमाडौं- नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बङ्गलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बङ्गलादेशले  २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय...

  • २०८० माघ १२, शुक्रबार

    अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

    काठमाडौं - रोमाञ्चक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको लक्ष्य ४४.४ ओभरमा पूरा गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो। नेपाललाई सुपर सिक्समा प्रवेश गराउँदै कप्तान देव खनालले अर्धशतक प्रहार गरे। ८९ बल खेलेका खनाल ७ चौकासहित ५८ रन बनाए। त्यस्तै सुवास भण्डारी ९ रनमा अविजित रहे। नेपालको...

  • २०८० माघ १२, शुक्रबार

    अफगानिस्तानविरूद्ध नेपाललाई १४६ रनको लक्ष्य

    काठमाडौं- यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाएको हो । नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

  • २०८० माघ ९, मंगलबार

    अफगानिस्तानमाथि न्युजिल्याण्डको जित, नेपाललाई फाइदा

    काठमाडौं- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा न्युजिल्याण्डले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । लगातार दोस्रो जितले न्युजिल्याण्डले सुपर सिक्समा पुग्ने पहिलो टोली बनेको छ । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले २८.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।  न्युजिल्याण्डको जित कप्तान ओस्कर ज्याक्सनल सर्वाधिक २६ रनको योगदान दिए । अफगानिस्तानका...

  • २०८० माघ ७, आइतबार

    यु-१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग पराजित

    काठमाडौं - यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो। न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २३८ रनमात्र बनायो।  नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए। १०४ बल खेलेका अर्जुनले १२ चौकाको मद्धतले ९० रन बनाए। त्यस्तै तिलक भण्डारी र सुवास भण्डारीले ३७ रनको साझेदारी खेलेका थिए। तिलक १७ रन र...

  • २०८० माघ ७, आइतबार

    यू-१९ विश्वकप क्रिकेट : आज नेपाल न्युजिल्याण्डसँग खेल्दै

    काठमाडौं- यू-१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्याण्डसँग खेल्दै छ । खेल आज दिउँसो पौने २ बजे हुनेछ । यू-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्याण्डसँग खेल्न लागेको हो। यू-१९ विश्वकपमा नेपाल र न्युजिल्याण्डबीचको यो तेस्रो भेट हो । यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो । नेपाल र न्युजिल्याण्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो । आइतबार दक्षिण अफ्रिकामा...

  • २०८० पौष २५, बुधबार

    पीचमै ढलेका ब्याट्सम्यानको मृत्यु

    काठमाडौं- भारतको नोएडामा भएको क्रिकेट खेलमा पीचमै ढलेका एक ३४ वर्षीय ब्याट्सम्यान विकास नेगीको मृत्यु भएको छ ।उनको हृदयघातबाट मृत्यु भएको चिकित्सकले बताएका छन् । अन्य ब्याट्सम्यान र फिल्डिङ टीमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थल मै मृत्यु भएको थियो । उनी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए । नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबीचको...

  • २०८० पौष २१, शनिबार

    काठमाडौं मनपा राष्ट्रपति रनिङ शिल्ड : विश्व निकेतन मावि च्याम्पियन

    काठमाडौं- काठमाडौं महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालय च्याम्पियन बनेको छ। विभिन्न खेलमा विद्यालयले १२ स्वर्णसहित २ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको हो । प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्दै पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो भएको छ भने ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक गर्दै बिजेश्वरी...

  • २०८० पौष २१, शनिबार

    टी-२० विश्वकपको तालिका प्रकाशित, नेपालसँगै दक्षिण अफ्रिका र श्रीलंका

    काठमाडौं— टी–२० विश्वकप २०२४ को खेल तालिका औपचारिक रुपमा सार्वजनिक भएको छ । टी–२० ढाँचाको यो महत्वपूर्ण प्रतियोगिता संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट संयुक्त रुपमा सुरु हुनेछ । पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५/५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा...

  • २०८० पौष १७, मंगलबार

    तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खेल क्षेत्रको विकासका पहलका लागि तीन तहको सरकारलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘तेस्रो राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउने भन्दै खेल क्षेत्रको विकासको पहलका लागि तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।  ‘खेलकुद...

Pages