खेलकुद
-
२०७६ आषाढ ९, सोमबार
कोपा अमेरिका, अर्जेन्टिना क्वाटरफाइनमा प्रवेश
लाउटारो मार्टिनेज र सर्जिओ अग्वेरोको गोलको मद्दतले अर्जेन्टिनाले कतारलाई २–० गोल अन्तरले पराजित गरी अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिका प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको समूह ख कै अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेका कारण पनि अर्जेन्टिनालाई क्वाटरफाइनलमा प्रवेश सहज भएको हो ।...
-
२०७६ आषाढ ९, सोमबार
राष्ट्रिय बीच भलिबलको उपाधि महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मीलाई
छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । कास्की जिल्ला भलिबल सङ्घको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वाधानमा यही असार ५ देखि पोखरास्थित फेवाताल किनारको बीच भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन भएको थियो । आजको फाइनल खेलमा महिलातर्फ सशस्त्र प्रहरीको ‘ए’ टिमका विनिता...
-
२०७६ आषाढ ९, सोमबार
चेन्नाइविरुद्व हारको बदला लिने दाउमा मनाङ
एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को मैदानमा यही असार ११ गते हुने ‘होम’ खेलमा नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी चेन्नाईविरुद्व मैदानमा उत्रनेछ । समूह चरणमा एक खेल पनि जित हात पार्न नसकेको मनाङ पहिलो जितको खोजीमा मैदान उत्रँदा चेन्नाइविरुद्ध हारको बदला...
-
२०७६ आषाढ ८, आइतबार
दार्चुला क्रिकेट सङ्घमा भट्ट
दार्चुला क्रिकेट सङ्घको पाँचौँ जिल्ला अधिवेशन तथा विशेष साधारणसभा शनिबार सम्पन्न भएको छ । सदरमुकामस्थित खलङ्गामा सम्पन्न साधारणसभाले देवेन्द्र भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भुवन जोशी, सचिवमा दिनेश मल्ल र कोषाध्यक्षमा भोजराज जोशी चयन भएका छन् । यस्तै सदस्यमा खड्कसिंह लोथ्याल, नितिश भट्ट, कैलाशसिंह ठगुन्ना, धनेन्द्रसिंह धामी, विक्रमसिंह बडाल,...
-
२०७६ आषाढ ८, आइतबार
प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम विजयी
कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको छ । आज यहाँस्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पराजित गरेको छ । प्रदेश नम्बर पाँचले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको थियो । सुदूरपश्चिमले १६ दशमलव एक ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कविता...
-
२०७६ आषाढ ६, शुक्रबार
सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो । उनले आफ्नो न्यूनतम मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपको टोलीका मार्की खेलाडी भने भारतीय टोलीका पूर्वब्याट्सम्यान...
-
२०७६ आषाढ ६, शुक्रबार
महिला फुटबलःविराटनगरद्वारा धनगढी पराजित
राजधानीमा जारी उपमेयर कपअन्तर नगरपालिका महिला फुटबलमा विराटनगर महानगरपालिकाले धनगढी उपमहानगरपालिकालाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको खेलमा विराटनगरले धनगढीलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै समूह डि मा रहेको विराटनगरले शिर्ष तीन अङ्क जोडेको छ । विराटनगरको जीतमा रेखा पौडेलले ह्याट्रिक पूरा गरिन । उनले...
-
२०७६ आषाढ ४, बुधबार
भीमदत्तनगरमा प्रधानमन्त्री कप क्रिकेट शुरु
कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । भीमदत्तनगरस्थित क्रिकेट मैदानमा आयोजित उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले खेलकूदको विकासका लागि प्रदेश सरकारले खेलकूद प्रशिक्षण केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “प्रदेश सरकारले खेलाडी कल्याण कोषको स्थापना गर्नाका साथै प्रदेश सरकारले रु ३० करोड...
-
२०७६ आषाढ ३, मंगलबार
एशिया फाइनलका लागि खेलाडी छनोट
सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि आज प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले २५ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो । सो प्रतियोगिताका लागि नन्दनकुमार यादव पहिलो पटक छनोटमा परेका...
-
२०७६ आषाढ २, सोमबार
महिला फुटबल–वालिङ नगरपालिका सेमिफाइनलमा
स्याङ्जाको वालिङ नगरपालिकाले बाँसगढी नगरपालिकासँग गोलरहित बराबरी खेल्दै उपपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा वालिङ नगरपालिकाले बाँसगढी नगरपालिका गोलरहित बराबरी खेल्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै वालिङ नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत...
-
२०७६ आषाढ २, सोमबार
नेपाली लिग च्याम्पियन मनाङ बङ्गलादेशतर्फ
एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । यही असार ४ गते बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने खेलमा नेपाली लिग च्याम्पियन मनाङले बङ्गालदेशको लिग च्याम्पियन अबहानी लिमिटेडसँग जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछ । यसअघि गत अप्रिलमा नेपालमा नै भएको खेलमा मनाङ अबहानीसँग १–०...
-
२०७६ जेठ ३१, शुक्रबार
नेपाल चार स्थान तल
फिफा वरियतामा नेपाल चार स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान तल झर्दै १६५औँ स्थानमा रहेको हो । यसअघि नेपाल १६१औँ स्थानमा थियो । चार स्थान तल झरेको नेपाल दक्षिण एशियामा भने तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१ औँ स्थानमा छ भने माल्दिभ्स १५१ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल रहेको बङ्गलादेश १८३औँ स्थानमा छ भने भूटान १८६औँ...


