खेलकुद
-
२०७६ श्रावण २८, मंगलबार
अफगानी टोली नेपाल आइपुग्यो
काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली नेपाल आइपुगेको हो । नेपाल भलिबल सङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफगानिस्तान टोलीलाई स्वागत गर्नुभयो । नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते...
-
२०७६ श्रावण २६, आइतबार
राष्ट्रिय खेलकूद विकास विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावको छलफलमा भाग लिने सांसदहरुले खेलकूदलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्नेमा जोड दिनुभयो । सांसद डिला सङ्ग्रौलाले विधेयकमा सुधार गरिनुपर्ने बताउँँदै सातवटै प्रदेशमा ‘स्पोर्ट...
-
२०७६ श्रावण २४, शुक्रबार
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ । कुवेतविरुद्धको नेपालको होम खेल कुवेतमा नै खेलाउनका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले गरेको प्रस्ताव कुवेत फुटबल सङ्घले आज स्वीकृति दिएपछि नेपालले पहिलो खेल कुवेतमा खेल्ने पक्का भएको एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको होम खेल...
-
२०७६ श्रावण २४, शुक्रबार
राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानसँग खेल्ने
आसन्न एसियन भलिबल कन्फेडेरेशन एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको छ । नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अघि अभ्यास राम्रो होस् भन्ने उदेश्यले नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने लागेको नेपाल भलिबल सङ्घले...
-
२०७६ श्रावण २३, बिहिबार
सेब भलिबल आजदेखि
सामाखुशी इङ्लिस बोर्डिङ स्कूल सेब को मुख्य प्रायोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । एक सय १७ टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको विजेता टोलीले रु एक लाख पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा उपविजेताले रु ५० हजार, तेस्रोले रु २५ हजार र चौथो हुने टोलीले रु १० हजार पुरस्कार...
-
२०७६ श्रावण २३, बिहिबार
साफ च्याम्पियनशिप ः नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
भारतमा आयोजना हुने साफ यू–१५ पन्ध्र वर्षमुनि फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म सञ्चालन हुनेछ । नेपाल आगामी भदौ ४ गते हुन प्रतियोगिता उद्घाटन समारोहमा भारतसँग भिडने भएको छ...
-
२०७६ श्रावण २१, मंगलबार
कलिलो उमेरमै फूटबल मोह
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय सुमन श्रेष्ठ बिहान ५ बजे माटिकोरे खेलमैदान पुग्छन् । दुई घण्टा फूटबल खेलसम्बन्धी अभ्यास गर्छन् । उनी ७ बजेसम्म खेल अभ्यास गरेर कोठा फर्कन्छन् र गृहकार्य सकेर १० बजे विद्यालय जान्छन् । अङ्ग्रेजी माध्यमको शिक्षा अध्ययन गर्न गाउँबाट दिक्तेलबजारमा आएका श्रेष्ठको लक्ष्य छ कुशल एवम् व्यावसायिक फूटबल खेलाडी बन्ने । श्रेष्ठ दिक्तेल बोर्डिङ स्कूलको...
-
२०७६ श्रावण २१, मंगलबार
विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा
कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा...
-
२०७६ श्रावण २०, सोमबार
पुरुष भलिबल यसै सातादेखि
ढोरपाटन क्लबको आयोजनामा ‘पाँचौँ सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिता’ यसै साता शुरु गरिने भएको छ । सामाखुशी इङलिस बोर्डिङ स्कुल सेब मुख्य प्रायोजक हुने उक्त प्रतियोगिता यही साउन २३ गतेदेखि आयोजना गरिने भएको हो । एक सय सत्र टोली सहभागी हुने उक्त प्रतियोगितामा विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजार पुरस्कार पाउनेछन्। त्यसैगरी तेस्रो हुनेले रु २५ हजार र चौथो हुनेले रु १० हजार पुरस्कार प्राप्त...
-
२०७६ श्रावण १९, आइतबार
सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु
नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गर्नुभएको हो । उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिनुहुँदै राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका...
-
२०७६ श्रावण १६, बिहिबार
सुविधासम्पन्न कभर्डहल निर्माण
कञ्चनपुरको वेदकोट नगरपालिका–३ मा रु एक करोड ५० लाख लागतमा सुविधासम्पन्न कभर्डहल निर्माण गरिएको छ । राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता सञ्चालन गर्न र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नका लागि कभर्डहल निर्माण गरिएको हो । कभर्डहलमा दुई डेसिङ रुम, शौचालयलगायतका संरचना निर्माण गरिएको नगरप्रमुख अशोककुमार चन्दले बताउनुभयो । “कभर्डहलको बाह्य संरचना निर्माण भएर तयार भएको छ”, उहाँले भन्नुभयो, “भित्री...
-
२०७६ श्रावण १४, मंगलबार
कराँते च्याम्पियनसीप हुने
पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनसीप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताउनुभयो । प्रतियोगितामा पुरुष तथा महिला खुला तौल समूहमा महासङ्घमा आबद्ध सबै सङ्घका खेलाडीले प्रतिस्पर्धा...


