खेलकुद
-
२०७५ फाल्गुण २२, बुधबार
‘सी’ डिभिजन लिग फुटबल आजदेखि
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब छन् । दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । समूह ‘ए’ मा स्वयम्भू क्लब, कशामदेवी प्लानिङ ब्वाइज युनाइटेड, ओएसिस...
-
२०७५ फाल्गुण २१, मंगलबार
‘स्पेशल ओलम्पिक टोलीको बिदाइ
संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको आज बिहान यहाँ आयोजित कार्यक्रममा बिदाइ गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । युएईमा हुने...
-
२०७५ फाल्गुण १७, शुक्रबार
बी’ डिभिजन लिगको अन्तिम चरणका खेल आजदेखि
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जारी ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिमचरणको खेल आजदेखि हुँदैछ । बाह्र ‘बि’ डिभिजन क्लब सहभागी उक्त प्रतियोगिताअन्तर्गत दुबै समूहका विजेता र उपविजेता अन्तिम चरणमा छनोट भएपछि एन्फाले अन्तिम चरणका खेलतालिका सार्वजनिक गरेसँग अन्तिम चरणक खेल आजदेखि एन्फा मैदानमा शुरु हुँदैछ । पहिलो चरणमा सहभागी १२ क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियो । त्यसपछि...
-
२०७५ फाल्गुण १२, आइतबार
महिला विश्वकप छनोट
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आइसिसी ) महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले ब्याटिङ गर्दैछ । त्यस्तै हङकङविरुद्ध नेपाल जीत निकाल्ने र अङ्क तालिकामा तेस्रो स्थानमा...
-
२०७५ फाल्गुण १०, शुक्रबार
नेपालद्वारा युएई सात विकेटले पराजित
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स युएई लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र तीन विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन् । त्यस्तै...
-
२०७५ फाल्गुण १०, शुक्रबार
‘प्रथम जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता सम्पन्न
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले ‘प्रथम जिल्लास्तरिय अन्तरविद्यालय भिमेश्वर कप कबड्डी’ प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार विजयी विद्यार्थी तथा टिमलाई पुरस्कृत गर्दै प्रतियोगिता सम्पन्न गरेको हो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) का केन्द्रिय महासचिव सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा गरिएको उक्त...
-
२०७५ फाल्गुण ४, शनिबार
नेपाल उपविजेतामै सीमित
भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा आज भएको फाइनल खेलमा नेपाल म्यान्मासँग ३–१ गोलअन्तरले पराजित भएको हो । म्यानमाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेको हो । म्यानमाका लागि यी यी ओले गोल गरेकी हुन् । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । दोस्रो हाफमा म्यानमाले थप...
-
२०७५ फाल्गुण ४, शनिबार
अन्तर्राष्ट्रिय धावकलाई आकर्षित पार्नुपर्ने
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय धावकलाई व्यापक रुपमा सहभागी गराउने वातावरण बनाउनुपर्ने विषयमा जोड दिनुभएको छ । पोखरामा फागुन ७ गते हुन गइरहेको १३औँ अन्तर्राष्ट्रिय पोखरा म्याराथनको मुख्य संरक्षकसमेत रहनुभएका मुख्यमन्त्री सुब्बाले आज आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय धावकलाई सहभागी हुन आकर्षित पार्नका लागि पुरस्कार राशिमा वृद्धि गरी १० हजार...
-
२०७५ फाल्गुण २, बिहिबार
नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने
नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश ग¥यो । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का ग¥यो । नेपालले उपाधिका लागि शुक्रबार म्यानमासँग...
-
२०७५ फाल्गुण २, बिहिबार
नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ शुक्रबारदेखि
नेपालमा पहिलो पटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक बडिबिल्डिङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले शुक्रबार र शनिबार आयोजना हुने उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि विदेशका खेलाडीसमेत आउने क्रम जारी रहेको जनाकारी दिएको छ । यस्तै ‘गेष्ट पोजर’को रूपमा आउने...
-
२०७५ फाल्गुण १, बुधबार
नेपाल इरान भिड्दै ,शीर्ष दुईमा पुग्न इरानलाई जित्नैपर्ने
भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ । आजै हुने...
-
२०७५ कार्तिक १५, बिहिबार
तेस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित
ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तिम मैत्रीपूर्ण खेलमा आज पराजित भएको छ । बुद्धवार साँझ भएको खेलमा नेपाल बेइजिङ फोनिक्स महिला टोलीसँग २–१ ले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । नेपालका लागि सावित्रा भण्डारीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकिनन् । बेइजिङ फोनिक्ससँग नेपालको यो लगातार दोस्रो हार हो । सोमबार भएको पहिलो खेलमा...


