STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७६ माघ २८, मंगलबार

    कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी

    नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताउनुभयो । उहाँका अनुसार गएको एक वर्षमा रु ५५ लागत पर्ने चल्ला सरदर...

  • २०७६ माघ २७, सोमबार

    एक्वेरियममा रमाउँदै तीन सिए

    चार्टर एकाउन्टेन्ट अध्ययन पुरा गरेका तीन युवाले संयुक्त लगानीमा नारायणगढको प्रगतिपथमा ‘नेपाल एक्वेरियम एन्ड डेकोरेशन हाउस’ नामक व्यवसाय सञ्चालनमा ल्याएका छन् । भरतपुर र काठमाडौँमा लेखा परीक्षण कार्यमा संलग्न सुशील घिमिरे, मुस्ताफा आलम र सन्तोष रेग्मीले संयुक्त लगानीमा सो व्यवसाय शुरुआत गर्नुभएको हो । रु ४० लाख लगानीमा उहाँहरुले चीन र थाइल्यान्डबाट तयारी एक्वेरियम भित्र्याएर चितवनसहित विभिन्न...

  • २०७६ माघ २५, शनिबार

    स्वतन्त्र सञ्चारग्रामका सम्पादक जर्मनीको व्यापारिक मेलामा

    काठमाडौं– जर्मनीको मेस्से फ्रान्कफर्ट कम्पनीको निमन्त्रणामा त्यहाँ हुँदै गरेको व्यापारिक मेला अवलोकनका लागि स्वतन्त्र सञ्चारग्राम साप्ताहिकका सम्पादक दानदास श्रेष्ठ माघ २३ गते त्यसतर्फ प्रस्थान गरेका छन् । एम्बिआन्टे मेला २०२० नाम दिइएको सो अन्तर्राष्ट्रिय मेला फेब्रुअरी ७ देखि ११ सम्म चल्नेछ । मेलामा १ सय ७ राष्ट्रको सहभागिता रहेको जनाइएको छ । नेपालको निम्ति मेस्से फ्रान्कफर्टका प्रतिनिधि विनोद...

  • २०७६ माघ २५, शनिबार

    जर्मनीमा नेपाल नामै नसुनेका पनि कैयन् भेटिए

    दानदास श्रेष्ठ फ्रान्कफर्ट (जर्मनी) जर्मनीमा आयोजना भइरहेको विश्वकै सबभन्दा ठूलो व्यापारिक मेलामा मेस्से फ्रान्कफर्टमा नेपालले पनि सहभागिता जनाएको छ । सो मेलामा सहभागी १ सय ७० राष्ट्रबीच नेपालले पनि आफ्नो पहिचान प्रस्तुत गरेको छ । जर्मनीको बाटोघाटोमा नेपालबारे सोधनी गर्दा यसको नामै नसुनेकाहरु पनि धेरै भेटिए । मेलामै प्रदर्शकका रुपमा सहभागी भएका एकजना हङकङवासी र मेलामा दर्शकका रुपमा आएका केही...

  • २०७६ माघ २४, शुक्रबार

    कुखुरा मासुको मूल्य अहिलेसम्मकै उच्च

    बागलुङमा ब्रोइलर कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ । एक महिनाको अवधिमा तीनपटकसम्म मासुको मूल्यवृद्धि भएको मासु व्यवसायी सङ्घ बागलुङले जनाएको छ । जिल्लामा उत्पादन भएका ब्रोइलर कुखुराले बजारको माग धान्न नसकेपछि मूल्यवृद्धि गर्नुपरेको सङ्घका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो । माघ महिनाको अहिलेसम्म तीनपटक मूल्यवृद्धि भएको छ । महिनाको शुरुमा रु ३८० र रु ४०० प्रतिकेजी हुँदै अहिलेका...

  • २०७६ माघ २४, शुक्रबार

    सुनको मूल्य बढ्यो

    दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० तोकेको छ । बुधबार र बिहीबार छापावाला सुन प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ९०० मा खरिद बिक्री...

  • २०७६ माघ २३, बिहिबार

    विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग

    विश्व बैंकले भूकम्पपछि बस्ती पुनर्निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८२ करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ । उक्त परियोजना कार्यान्वयनका लागि बैंकले अतिरिक्त ऋणस्वरुप प्रदान गर्ने सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका यहाँस्थित देशीय निर्देशक फारिस एच हाडाड–जेरभोसले हस्ताक्षर गर्नुभएको छ । उक्त रकम भूकम्पबाट प्रभावित ३२...

  • २०७६ माघ २२, बुधबार

    एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी

    माछापुुच्छ«े गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं ३ घाचोक र वडा नं ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ । लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ । लाहाचोकका कृषकले दूध बिक्रीबाट दैनिक रु तीन लाख ५० हजार तथा मासिक...

  • २०७६ माघ २२, बुधबार

    फूलखेतीबाट पाँच लाख आम्दानी

    झापाको विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उहाँले फूलखेती गरेरै आफ्नो परिचय फेर्नुभएको छ । परिचयसँगै उहाँको जीवनशैलीसमेत फेरिएको छ । गाउँ समाजमा लक्ष्मी दिदी भन्नेहरु अहिले उहाँलाई ‘फूलमाया’ भन्छन् । फूलखेती गरेकै कारण लक्ष्मीमाया एकाएक फूलमाया हुनुभयो । जन्मदेखि मृत्युसम्म र मन्दिरदेखि घाटसम्म नै अति आवश्यक मानिने फूल केही...

  • २०७६ माघ २०, सोमबार

    नेप्से २।४९ ले बढ्दा कारोवार डेढ अर्बमाथि

    साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २।४९ अङ्कले बढेर एक हजार ३४९।१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १।१६ अङ्कले बढेर २८७।९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख...

  • २०७६ माघ २०, सोमबार

    पाँच होटल तथा रेष्टुराँ स्तरीकरण

    खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले बागलुङका पाँच होटल तथा रेष्टुराँ खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरेको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले सदरमुकामस्थित होटल तथा रेष्टुराँ स्तरीकरण गरी स्टिकर टाँसेको छ । खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुराँ स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र...

  • २०७६ माघ १९, आइतबार

    नेप्सेमा २१ अङ्कको वृद्धि

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज २१।२६ ले बढेर एक हजार ३४६।६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४।९९ विन्दुले बढेर २८६।७५ मा पुगेको छ । नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघेको । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता...

Pages