बिजनेस
-
२०७७ आषाढ १०, बुधबार
विश्व बैंकसँग समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, १० असार : विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यो ऊर्जा क्षेत्रसँग...
-
२०७७ आषाढ ५, शुक्रबार
बुद्ध एयरले अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै
काठमाडौँ - निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ । कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको सिमुलेटर सञ्चालनमा ल्याएको हो । बुद्धले पहिलो पटक नयाँ पुस्ताको सिमुलेटर भित्र्याएको हो । बुद्धले एटीआर विमान निर्माता कम्पनी फ्रान्सबाट पाँच लाख युरोमा...
-
२०७७ आषाढ ४, बिहिबार
बन्दाबन्दीमा रु ६ अर्बको औषधि आयात
काठमाडाैं ४ असार - गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा रु पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । सो अवधिमा रु चार अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको तयारी औषधि र रु एक अर्ब ३३ करोड ६६ लाख १७ हजार बराबरको औषधिको कच्चा पदार्थ...
-
२०७७ आषाढ १, सोमबार
कर्णाली सरकारको बजेट सार्वजनिक, काेराेनाबाट मृत्यु भएमा परिवारलाई एक लाख रुपैयाँ राहत
काठमाडाैं - कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा सोमवार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल...
-
२०७७ आषाढ १, सोमबार
सातैवटा प्रदेश सरकारको २ खर्ब ६४ अर्ब बढीकाे बजेट सार्वजनिक
काठमाडौं - सातैवटा प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट सोमबार सार्वजनिक गरेका छन् । देशका ७ वटै प्रदेशहरुले कुल २ खर्ब ६४ अर्ब २० करोड ५७ लाख ११ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । आर्थिक वर्ष २०७७/७८ को यो बजेट चालु आर्थिक वर्ष २०७६/७७ को बजेटको तुलनामा करिब १.७७ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा प्रादेशिक बजेटको आकार कूल २ खर्ब ५९ अर्ब रुपैंया बराबरको थियो । उक्त...
-
२०७७ जेठ २८, बुधबार
न्युरोडका व्यवसायीहरूले गरे सरकारविरुद्ध प्रदर्शन
काठमाडौं । साना व्यापारी-व्यवसायीहरू न्युरोड क्षेत्रमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । ठूलो संख्यामा व्यापारीहरू सडकमा उत्रिएपछि प्रहरीहरूको तैनाथी पनि बढाइएको छ । व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् । सरकारले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको गुनासो गर्दै उनीहरूले आफूहरूको घर भाडा...
-
२०७७ जेठ २८, बुधबार
असार ७ गतेभित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न अन्तरिम आदेश
काठमाडाैं - सर्वोच्च अदालतले असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। उक्त सूचना खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो। न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गरिदिएको हो। अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माले दुवैपक्षको बहस...
-
२०७७ जेठ २७, मंगलबार
व्यवसायीले भोलि पनि पसल खोल्ने
काठमाडौं । काठमाडौंका व्यवसायीले आफूहरुले सुरक्षाका उपाय अपनाएर पसल खोल्दा पनि सुरक्षाकर्मीले बन्द गर्न दबाब दिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार विहान न्युुरोडमा प्रहरीले बल प्रयोग गरेर पसल बन्द गराएपछि आक्रोशित व्यवसायीले बुधबार पनि पसल खोल्ने बताएका छन् । सरकारसँग छलफल गरेर विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका मापदण्ड पूरा गरेर पसल सञ्चालन गरे पनि विना कुनै छलफल एक्कासी बन्द...
-
२०७७ जेठ २३, शुक्रबार
कोरोना बिमा स्थगित
काठमाडौं – कोभिड–१९ विरुद्ध सूरु भएको कोरोना बिमा स्थगित हुने भएको छ । गत वैशाख ७ गतेदेखि औपचारिक रुपमा सुरु गरिएको कोरोना बिमा गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नयाँ रणनीति अपनाउन केही दिनको लागि स्थगित गर्ने निर्णयमा पुगेको बिमा समितिले जनाएको छ । नेपाल विमक संघको नेतृत्वमा पुल मार्फत सुरु गरिएको कोरोना बिमा गर्नेको संख्यामा तीव्र रुपले बढेपछि जोखिम बहनका लागि विदेशी पुनर्विमा कम्पनीसँग...
-
२०७७ जेठ २३, शुक्रबार
पुनः सुरु भयो कोरोना बिमा
काठमाडौं - कोरोना बिमा रोकिएको एक दिनपछि पुन: सुरु भएको छ । सरकारसँग सहमति भएपछि कोरोना बिमा पुनः सुरु भएको हो। जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि बिमा समितिले सो योजना पुन: सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो । सरकारले सपोर्ट गर्ने भएपछि बन्द गरिएको बिमा योजना पुन: सुरु गर्ने सहमति भएको बिमक संघले जानकारी दिए। कोरोना संक्रमितहरूको संख्या धेरै भएपछि बिमा कम्पनीहरूले बिहीबार कोरोना...
-
२०७७ जेठ २१, बुधबार
चौतर्फी विरोधपछि कर वुझाउने म्याद असार ७ गतेसम्म थप
काठमाडौं । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।
-
२०७७ जेठ २०, मंगलबार
जेठ २५ सम्म कर नतिरे जरिवाना
काठमाडौं – सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई जेठ २५ सम्म कर चुक्ता गर्न भनेको छ । यदि तोकिएको समयमा कर नतिरे जरिवाना लाग्ने सुचना जारी गरेको छ । लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । जेठ २५ पछिको कर भुक्तानीको लागि...


