राष्ट्रिय
-
२०८२ चैत्र ८, आइतबार
आदिबासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो
आदिबासी समुदायको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न मतदानको मत गणना आइतबार विहान गरिएको थियो । मतगणनाको परिणामअनुसार ह्योल्मो अध्यक्षमा ३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको प्रतिस्पर्धी जीवनकुमार राईले ११ मत प्राप्त गरी पराजित हुनुभयो । ५६ मत रहेको महासंघको निर्वाचनमा ५१ मत खसेको थियो । महासंघका...
-
२०८२ चैत्र ७, शनिबार
नारायण हरिहरी भन्दै आए गायिका पुनम बस्याल
गायिका पुनम वस्याल र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरी’ को भिडियो हालै सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छन् भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रोमा झुन्डिन सक्ने ओझिला शब्दलाई पुनमले कलेक्सन गरेकी छन् । पुर्ण संयोगको म्युजिक एरेन्जमा तयार भएको यस भजनको म्युजिक भिडियोलाई राजु अर्यालले निर्देशन, प्रबिण थापाले कोरियिग्राफी,...
-
२०८२ चैत्र ७, शनिबार
भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’ प्रदान गरिने
नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशक अघिदेखि साधनारत कवि तथा गीतकार माधव खनाल ‘भावुक’लाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । भावुकको पहिलो कृति २००९ सालमा प्रकाशित भएको थियो । भावुककृत कवितासङ्ग्रमा मविवि शाह, बालकृष्ण सम र मातृकाप्रसाद कोइरालाले भूमिका लेख्नु भएको थियो । उहाँका तीन वटा कृति र एक सय जति फुटकर लेख, रचना प्रकाशित छन् । आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि...
-
२०८२ फाल्गुण २९, शुक्रबार
सन्चारकर्मिहरुकाे संस्था मिलापले गरे सामाजिक सेवा
मिलाप फाउण्डेशन नामक सन्चारकर्मिहरुकाे संस्थाले सामाजिक सेवा अभियान अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । ‘गरे के असम्भव एक सामाजिक अभियान’ भन्ने मूल नारासहित समाजसेवामा सक्रिय फाउण्डेशनले बुधबार धादिङ धुनिबेशी-३ स्थित श्रीत्रिकुटेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको हो । सहकार्य र सहानुभूतिको सुन्दर संगम बनेको उक्त कार्यक्रममा...
-
२०८२ फाल्गुण २५, सोमबार
चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्न बोर्डले आवेदन खाेल्याे
काठमाडौँ। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ। बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो। बोर्डका अनुसार...
-
२०८२ फाल्गुण २४, आइतबार
सुर्ती उद्योग हस्तक्षेपविरुद्ध महिला नेतृहरू एकजुट
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उद्योगीको हस्तक्षेप र त्यसले महिलामा पार्ने प्रभावबारे सामाजिक तथा नागरिक क्षेत्रका महिला नेतृहरू एकजुट भएका छन् । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालले अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा आइतवार आयोजना गरेको अन्तरसंवाद तथा प्यानल डिस्कसन कार्यक्रममा सामाजिक क्षेत्रका महिला नेतृहरु सुर्ती नियन्त्रणमा एकजुट हुने...
-
२०८२ फाल्गुण २२, शुक्रबार
काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज विजयी
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो सफलता हासिल गरेको छ। काठमाडौं क्षेत्र नम्बर–८ बाट रास्वपाका उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी भएसँगै पार्टीले दोस्रो जित हात पारेको हो। श्रेष्ठले नेपाली कांग्रेस र नेकपाका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन्। यसअघि काठमाडौं क्षेत्र नम्बर–१ बाट रास्वपाकी...
-
२०८२ फाल्गुण २२, शुक्रबार
निर्वाचन मत परिणाम : रास्वपाको प्रारम्भिक अग्रता
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्। प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अगाडि छिन्। काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ र काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता बनाइरहेका छन्। यस्तै काठमाडौं–५ मा सस्मित...
-
२०८२ फाल्गुण २१, बिहिबार
l;सुशीला कार्कीको निर्वाचन गराउने जिम्मेवारी पूरा
काठमाडौँ । भ्रष्टाचार र वेथितिविरुद्ध भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि २७ भदौमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको सरकारले ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य जिम्मेवारी पूरा गरेको छ । जेनजी आन्दोलनपछि कठिन र चुनौतीपूर्ण अवस्थामा पनि मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न पुगेकी प्रधानमन्त्री कार्कीले विभिन्न आशंका, कठिनाइ र विरोधका बीच निर्वाचन गराएर जिम्मेवारी...
-
२०८२ फाल्गुण २१, बिहिबार
निर्वाचनमा ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ । निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कर्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन्। ‘६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको छ’, भण्डारीेले भने, ‘मतदान प्रक्रिया शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।’ आयोगले सवै क्षेत्रका मतपेटिका...
-
२०८२ फाल्गुण २१, बिहिबार
२ घण्टामा देशभर खस्यो साढे ८ लाख मत
काठमाडौं - दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो । प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।
-
२०८२ फाल्गुण २१, बिहिबार
२ घण्टामा देशभर खस्यो साढे ८ लाख मत
काठमाडौं - दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो । प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ ।


