STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८२ माघ २२, बिहिबार

    भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

    काठमाडौँ, आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरुलाई विज्ञापन बोर्डले आग्रह गरेको छ । बोर्डले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाललगायतमा कुनै दल तथा दलका उम्मेदवार वा नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा होच्याउने, भ्रम सृजना गर्ने जस्ता कार्य भईरहेको गुनासो बोर्डमा प्राप्त भइरहेको जनाएको छ । निर्वाचन आयोग...

  • २०८२ माघ २१, बुधबार

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरीका लागि आफ्नै एकीकृत हाजिरी प्रणाली विकास गरेको छ ।  शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सामुदायिक विद्यालयलाई एकीकृत प्रणालीमा जोडेका हुन् ।  सबै विद्यालयहरुलाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिसकिएको छ । यस्तै जनकल्याण मावि, टङ्गाल मावि, गीतामाता मावि, ज्ञानोदय मावि, तरुण...

  • २०८२ माघ २१, बुधबार

    समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

    काठमाडौं - समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन भएको छ । निर्वाचन आयोगले दलहरूले बुझाएको विवरणउपर अध्ययन सकाएर अन्तिम अन्तिम नामावली प्रकाशन गरेको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट १६५ र समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् । समानुपातिक तर्फका लागि दलहरूले गत पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची बुझाएका थिए । प्राप्त उम्मेदवारीउपर छानबिन...

  • २०८२ माघ २१, बुधबार

    निर्वाचनको लागि सेना परिचालन हुँदै

    काठमाडौं - आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदै छन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक महिना मात्र बाँकी...

  • २०८२ माघ २०, मंगलबार

    निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

    दोधारा चाँदनी(कञ्चनपुर), २० माघः छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको...

  • २०८२ माघ २०, मंगलबार

    खोला किनारमा चितुवा मृत फेला

    बागमती, मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ । खोला किनारमा स्थानीयले सोमबार साँझ मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै चित्लाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, पदाधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहवरमा चितुवाको शव गोदामचौरमा व्यवस्थापन गरिएको जिल्ला...

  • २०८२ माघ २०, मंगलबार

    मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।” कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न...

  • २०८२ माघ १८, आइतबार

    प्रतिनिधिसभा सदस्य निर्वाचनः आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

    काठमाडौँ, निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको पत्रकार सम्मेलनका अवसरमा आज यहाँ सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घनका घटनाबारे नागरिकले प्रमाणसहित उजुरी दिनसक्ने गरी अलग्गै इमेलको व्यवस्था गरिएको...

  • २०८२ माघ १८, आइतबार

    चुनाव प्रचारप्रसारमा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह

    काठमाडौँ, नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग गर्न आग्रह गरेको छ । आज महामन्त्री मीनबहादुर मल्लले जारी गर्नुभएको विज्ञप्तिमा रेडक्रसको चिह्न जेनेभा महासन्धीअनुसार अन्तरराष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि रेडक्रसको चिह्नको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ । “आगामी...

  • २०८२ माघ १८, आइतबार

    सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश

    काठमाडौँ, १सर्वोच्च अदालतले सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न निर्देशनात्मक आदेश गरेको छ ।न्यायाधीश डा मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८२ साल असार ४ मा भएको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा नेपालको संविधानको धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयन गर्न निर्देशनात्मक आदेश गरेको हो ।पूर्णपाठमा भनिएको छ, “सङ्घ, प्रदेश तथा स्थानीय तह र तीनवटै...

  • २०८२ माघ १७, शनिबार

    सम्बन्ध विच्छेदका कारण बालश्रमको बढ्दै

    भोजपुर,सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर पार्न थालेको छ । पारिवारिक विखण्डनसँगै अभिभावकको संरक्षण, माया–ममताबाट वञ्चित बालबालिका श्रममा धकेलिन थालेका छन् । वैवाहिक सम्बन्ध टुट्ने क्रम बढ्दै जाँदा धेरै बालबालिका विद्यालय छोडेर रोजगारीमा लाग्न बाध्य भएका छन् । आमा–बुवाको सम्बन्ध विच्छेद सिर्जित आर्थिक अभाव, भावनात्मक अस्थिरता तथा अभिभावकत्वको कमीका कारण उनीहरू घरेलु काम, होटल,...

  • २०८२ माघ १७, शनिबार

    गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

    रसुवा,रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण तालको सतहमा बरफ जमेको छ । बरफ जमेको अवस्थामा तालमाथि हिँड्डुल गर्दा बरफ फुटेर दुर्घटना हुन सक्ने जोखिम बढेकाले यात्रु तथा तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको छ ।पानी जमेकोजस्तो देखिए पनि तलभित्र गहिरो दह रहेकाले बरफमाथि हिँड्दा एक्कासि फुट्न सक्ने सम्भावना उच्च हुने भएकाले आवश्यक सावधानी...

Pages