राष्ट्रिय
-
२०७६ बैशाख २७, शुक्रबार
होटलमा रु दश खर्ब बढी लगानी
पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ । चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन् । सन् १९५१ मा नयाँ सडकमा ‘हिमालय इन’ नामक होटलबाट शुरु भएको नेपाली होटल...
-
२०७६ बैशाख २७, शुक्रबार
शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग
एघार विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थाले गैरकानूनीरुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनको तर्फबाट नेविसङ्घका पूर्वउपाध्यक्ष ऋषिकेशजङ्ग शाहले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृतरुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न आग्रह गर्नुभयो । उक्त कार्यक्रममा सङ्गठनद्वारा जारी विज्ञप्तिमा सार्वजनिक शिक्षाको गुणस्तर...
-
२०७६ बैशाख २७, शुक्रबार
यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर
विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् । तीन महीना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताउनुभयो । यहाँका धेरैजसो...
-
२०७६ बैशाख २७, शुक्रबार
सन्दर्भः विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’
विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’ भन्ने नाराका साथ शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वच्छ व्यवसायी सङ्गठनको आह्वानमा नेपालमा पनि स्वच्छ व्यवसायको प्रवद्र्धन तथा जनमानसमा त्यसबारे जानकारी गराउने हेतुले विगतमा झै यस वर्ष पनि विभिन्न कार्यक्रमकासाथ उक्त दिवस मनाउने तयारी गरिएको छ । उक्त दिवसका दिन स्वच्छ व्यवसायी समूह नेपालले पोखरामा प्रभातफेरी र बृहत छलफल कार्यक्रम...
-
२०७६ बैशाख २७, शुक्रबार
विपत्लाई अवसरको रुपमा प्रयोग सिईओ ज्ञवाली
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणले विपत्लाई अवसरको रूपमा प्रयोग गरेको बताउनुभएको छ । उहाँले प्राधिकरणले पुनःनिर्माणको कार्यलाई प्राथमिकतामा राखेर सम्पदा क्षेत्रको पुनःनिर्माणलाई जोड दिएको समेत जानकारी दिनुभयो । विश्व सम्पदा क्षेत्र संरक्षण तथा विकास कार्य र पम्परागत सम्पदा बस्ती पुनःनिर्माण कार्यक्रमसम्बन्धी बिहीबार साँझ भक्तपुर नगरपालिकाका...
-
२०७६ बैशाख २७, शुक्रबार
एनिमिया रोगका बिरामीको उपचार हुनसकेन
यहाँस्थित भेरी प्रादेशिक अस्पतालमा ‘सिकलसेल एनिमिया’ जाँच गर्ने मेसिन‘ एचबी इलोक्ट्रोफोरेसिस’ तीन महीनादेखि बिग्रेको अवस्थामा छ । मेसिनमर्मत गरी सञ्चालनमा नल्याउदा उपचारका लागि अस्पताल पुग्ने बिरामी निराश भएर फर्कनु परेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले फागुन महीनादेखि बिग्रेको मेसिन दक्ष इञ्जिनीयर अभावका कारण मर्मत हुन नसकेको बताउनुभयो । सो अस्पतालको सामाजिक सेवा इकाइमा हाल...
-
२०७६ बैशाख २७, शुक्रबार
विमानस्थलको ‘डिपिआर’ तयार
बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ...
-
२०७६ बैशाख २७, शुक्रबार
डढेलोबाट वन क्षेत्र सखाप
कञ्चनपुरमा डढेलाका कारण ८०० हेक्टर वन क्षेत्रमा नोक्सानी भएको छ । चुरे क्षेत्रका वन क्षेत्रमा डढेलोका कारण अधिक क्षति पुगेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार हालसम्म भीमदत्त नगरपालिकाको ब्रह्मदेव, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र लालझाडी क्षेत्रका वनमा डढेलो लाग्दा पुनः उत्पादन भएका बिरुवा, चराचुरुङ्गी, संरक्षित जनावरको बास नासिएको छ । लामो समयसम्म वर्षा नहुँदा वन क्षेत्रमा रहेका झाडी,...
-
२०७६ बैशाख २६, बिहिबार
सिमेन्टमा भारतसँगको निर्भरता हट्दै
स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसारको परिमाणमा सिमेन्ट उत्पादन गर्न थालेसँगै सिमेन्टका लागि भारतसँग रहेको निर्भरता पनि हटेको छ । दाङस्थित सोनापुर मिनरल एण्ड...
-
२०७६ बैशाख २६, बिहिबार
खत्रीको ‘बिचल्ली’
“सुन्नुहोला दिदीबहिनी सुन्नु दाजुभाइ समाजमा भएको घटना भन्छु सबैलाई, मुनाजस्ता बालबच्चा बिचल्लीमा पारी स्वर्ग जस्तो घर भत्काउँदै हिँड्छन् कुनै नारी, मरी मरी दुःख गर्छ परदेशमा पोइले घरमा स्वास्नी बिग्रँदानि भन्दिदैनन् कैले” लोग्ने हिँड्ने कमाउँला भनेर स्वास्नी हिँड्नी रमाउँला भनेर चर्चित लोकगायक विष्णु खत्रीको ‘बिचल्ली’ एल्वमको यो गीत अहिले निकै चर्चामा छ । समाजको यथार्थ चित्रण बोकेको गीतले...
-
२०७६ बैशाख २६, बिहिबार
कानून व्यवसायीले नै झुक्याएर जग्गा आफ्नो नाममा लिएपछि
पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानूनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ । डुडुवा गाउँपालिका–२ बेतहनीकी उषा कुर्मीको एक बिघा १५ कठ्ठा चार धुर जग्गा...
-
२०७६ बैशाख २६, बिहिबार
समावेशी आरक्षणको परिणामबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन
प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय समावेशी आयोगलाई समावेशी आरक्षणको परिणामबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । सिंहदरवारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकले समावेशी आरक्षणले लक्ष्यअनुरुपको परिणाम हासिल गरेको छ वा छैन त्यसबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले विभिन्न जातजाति पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक,...


