राष्ट्रिय
-
२०७६ बैशाख २९, आइतबार
यार्साका कारण दुई महीनासम्म विद्यालय बन्द
यहाँस्थित पूर्वी क्षेत्रका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका हुन् । प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द हुने...
-
२०७६ बैशाख २९, आइतबार
अनलाइन सेवाले झन सास्ती
कैलालीको टीकापुरस्थित मालपोत कार्यालयमा अनलाइन प्रणालीमार्फत सेवा दिन थालिएपछि सेवाग्राहीलाई सास्ती भएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले कार्यालयले वैशाख १५ गतेदेखि अनलाइन प्रणालीमार्फत काम थालेको भए पनि अनलाइन सेवाले कर्मचारीलाई समेत हैरानी भएको छ । टाढा÷टाढाबाट आएका सेवाग्राही समयमा काम सम्पन्न नभएपछि निराश हु“दै फर्किनुपरेको छ । जानकी गाउ“पालिका– ९ मूर्तियाका शेरबहादुर विकले जग्गा...
-
२०७६ बैशाख २९, आइतबार
वामपन्थी नेता अधिकारी उपचारका लागि काठमाडौँमा
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुसयता यहाँको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि शनिबार ललितपुरको हरिसिद्धिस्थित नेपाल...
-
२०७६ बैशाख २९, आइतबार
धान फल्ने खेतमा केरा खेती
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् । केही वर्षअघि सम्म परम्परागत खाद्यान्न खेती...
-
२०७६ बैशाख २९, आइतबार
भूकम्पीय जोखिम कायमै रहेको भूगर्भविद्को निचोड
गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय÷अन्तर्राष्ट्रिय ‘जर्नल’हरुमा आफ्ना अध्ययनको सारका आधारमा लेख प्रकाशन गर्दै नेपालीहरुलाई सचेत भई पूर्व तयारीमा लाग्न सुझाएका छन् । गोरखा भूकम्पपछि नेपालमा...
-
२०७६ बैशाख २९, आइतबार
बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ५२८ बिरामी लाभान्वित
म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा शनिबार सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ५२८ बिरामीले निःशुल्क उपचार सेवा गरेका छन् ।बेनी नगरपालिकाको आयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा भकिम्लीका विभिन्न बस्तीबाट बालबालिकादेखि वृद्धवृद्धाले प्रत्यक्षरूपमा सेवा लिएका आयोजक बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका...
-
२०७६ बैशाख २९, आइतबार
‘ओशो अचम्म जो मैले देखेँ’
स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखेँ’ सार्वजनिक भएको छ । ओशो तपोवनमा शनिबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरियो । नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली काङ्ग्रेसका नेता तथा चिन्तक प्रदीप गिरी, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा सुन्दरमणि दीक्षित, घटना र विचारका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधान...
-
२०७६ बैशाख २९, आइतबार
पारिजात अभिनव पुरस्कार चन्दलाई
अभिनव साहित्य समाजले यस वर्षको पारिजात अभिनव साहित्य तथा समाजसेवा पुरस्कार बैतडीकी बिमला चन्द ‘सानु’लाई प्रदान गरेको छ । समाजको २०७औँ मासिक साहित्यिक शृङ्खला र पारिजात स्मृति दिवस तथा ८३औँ जन्मजयन्तीको अवसरमा सो पुरस्कार दिइएको हो । पुरस्कारको राशि नगद पाँच हजारसहित सम्मानपत्र रहेको छ । साहित्यकार वसन्त रिजाल र समाजको अगुवाइमा केही समयअघि पारिजात अभिनव साहित्य तथा समाज सेवा पुरस्कार नामको कोष...
-
२०७६ बैशाख २९, आइतबार
नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश
पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपा मा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता÷कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन् । देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले...
-
२०७६ बैशाख २९, आइतबार
गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा प्रतियोगिता गर्न सकीने
रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस०ले आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै रकम उठ्न सकेमा पुस महीनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेल्न सकिने...
-
२०७६ बैशाख २९, आइतबार
एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत
बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान,...
-
२०७६ बैशाख २९, आइतबार
प्रम ओलीबाट विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आज आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको...


