STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख १७, मंगलबार

    देवदहका पार्कमा बौद्धकालीन सभ्यता 

    रुपन्देहीको देवदहमा रहेका पार्कमा बौद्धकालीन सभ्यता झल्किने गरी चित्र र मूर्ति राखिने भएको छ । प्राचीन कोलिय गण राज्यको राजधानीका रुपमा रहेको देवदहका पार्कमा कोलिय सभ्यता झल्किने गरी मौलिक किसिमका मूर्ति र चित्र राखिने तयारी थालिएको हो ।  ड्रिम देवदह युनिटी फर चेन्जको अगुवाइमा देवदहलाई नमूना पार्कको शहर बनाउने गरी अभ्यास थालिएको अभियन्ता सिद्धिचरण भट्टराईले बताउनुभयो । “यहाँका सबै पार्कमा...

  • २०७६ बैशाख १७, मंगलबार

    हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं ः महान्यायाधिवक्ता खरेल

    महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताउनुभएको छ । उहाँले वर्तमान अवस्थामा फौजदारी न्याय प्रशासन प्रक्रिया अघि बढाइरहँदा कुनै पनि व्यक्तिलाई बलपूर्वक वा हतकडीले बाँधेर न्यायलय सम्पादन नगरी प्रमाणले बाँधेर अपराधीलाई उम्कन नदिने गरी कार्यसम्पादन गर्न आग्रह समेत गर्नुभएको छ ।...

  • २०७६ बैशाख १७, मंगलबार

    फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित

    सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ । फोरम प्रदेश नं २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै फोरमको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका यादव निर्वाचित हुनुभएको हो । गए राति सम्पन्न मतगणना परिणामअनुसार विजय यादवले १८४ मत प्राप्त गर्नुभयो भने...

  • २०७६ बैशाख १७, मंगलबार

    रसुवागढी नाकाबाट मानसरोवर यात्रा शुरू

    रसुवागढी हँुदै चीनको भू–भागमा अवस्थित मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मानसरोवर तीर्थका लागि फाटफुटरूपमा भारतीय तीर्थ यात्रुको आगमन भइसकेको र तीर्थका लागि रसुवागढी नाकाबाट दुई चरणमा १२ जना त्यसतर्फ प्रस्थान गरिसकेका छन् । हेमन्त र शिशिर ऋतुको समय अर्थात मङ्सिर, पुस र माघ महीनामा परेका हिउँ पग्लिने क्रम शुरू भई आवतजावतमा...

  • २०७६ बैशाख १७, मंगलबार

    नगर प्रमुखद्वारा तलब भत्ता विपन्न परिवारको स्वास्थ्य बीमामा खर्च

    गोरखाको पालुङटार नगरपालिकाका प्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले तलब भत्ताबापतको रकमबाट विपन्न परिवारको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको छ । नगर प्रमुख कँडेलले यसअघि गरेको घोषणाबमोजिम सेवासुविधाको रकमबाट असहाय तथा विपन्न परिवारका व्यक्तिको स्वास्थ्य बीमा गराउन शुरु गर्नुभएको हो । उहाँले पहिलोपटक सोमबार पालुङटार नगरपालिका–४ का कृष्णबहादुर घर्तीका सबै परिवारको स्वास्थ्य बीमा गराउनुभएको छ । “मैले...

  • २०७६ बैशाख १७, मंगलबार

    प्रदेश ३ ले रु ५० अर्बको बजेट ल्याउने

    प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ ।  चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् ।  चालू आवमा हालसम्म पूँजीगत र चालू खर्च गरी ३० प्रतिशत मात्र...

  • २०७६ बैशाख १७, मंगलबार

    पत्रकारमाथि दुव्र्यवहार

    कान्तिपुर दैनिकका संवाददाता प्रताप रानालाई समाचार सङ्कलनको क्रममा तनहुँको भिमाद नगरपालिका–५ का सचिव रमेशप्रकाश बरालले सोमबार दुव्र्यवहार गरेका छन् । प्राकृतिक स्रोतसाधनमाथि भएको दोहनको समाचार सङ्कलनको सन्दर्भमा वडा कार्यालय पुगेका पत्रकार रानामाथि वडासचिव बरालले अभद्र व्यवहार गरेका हुन् । पत्रकारिताका माध्यमबाट आमजनतालाई सुसूचित पार्ने संवैधानिक हकअन्तर्गत सूचना माग्न कार्यालय पुगेको बेला ‘...

  • २०७६ बैशाख १७, मंगलबार

    किन बढी हुन्छन् सार्वजनिक अपराधका घटना

    मुलुकमा अन्य अपराधको तुलनामा सार्वजनिक अपराधका घटना निक्कै बढी हुन्छ । अपराधको पहिलो तह मानिने यस्ता कसुरका प्रकृति धेरै हुने भएकाले जुनसुकै स्थानमा पनि घट्न सक्छ । यस्ता अपराधको बेवास्ता गरी रोक्नतर्फ लागिएन भने गम्भीर प्रकृतिको घटना निम्तिने खतरा हुने सुरक्षा अधिकारीको भनाइ छ । नेपालमा प्रहरीको तथ्याङ्कले समेत सार्वजनिक अपराधका घटना बढी देखिनु गम्भीर प्रकृतिका अपराध बढाउन सक्ने सङ्केत हो ।...

  • २०७६ बैशाख १७, मंगलबार

    ह्विलचियरले ल्यायो अपाङ्गताको मुहारमा खुशी 

    तनहुँको रिसिङ गाउँपालिका–७ का भक्तबहादुर आले छ वर्षदेखि विनासहारा हिँड्डुल गर्न सक्नुहुन्न । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहँदा दुर्घटनामा परेर उहाँ अपाङ्ग हुनुभएको थियो । त्यसयता उहाँ ह्विलचियरको सहाराले हिँड्डुल गर्नुहुन्छ । मलेशियाबाट ल्याएको ह्विलचियर पुरानो भएपछि उहाँलाई केही असहज अवस्था उत्पन्न भएको थियो । रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा नयाँ ह्विलचियर...

  • २०७६ बैशाख १६, सोमबार

    पाइपलाइन ओछ्याउने काम पाँच किमि बाँकी

    दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ ।       बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना...

  • २०७६ बैशाख १६, सोमबार

    झाडापखाला प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

    फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ । खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको जानकारी दिनुभयो । मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी...

  • २०७६ बैशाख १६, सोमबार

    राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो ।  उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो । उहाँले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा गर्नुभयो ।  उपप्रमुख...

Pages