STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र २६, मंगलबार

    सबै सांस्कृतिक घटकलाई समेट्दै प्रलेस

    प्रगतिशील लेखक सङ्घको नवनिर्वाचित नेतृत्वले हालै सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनमा सहभागी भएका र नभएका सांस्कृतिक घटकका नेतृत्वसँग परामर्श गरी एकीकृत र प्रभावकारी प्रलेस निर्माणमा लाग्ने जनाएको छ । एकीकृत प्रलेस निर्माणका लागि पहलकदमी गर्ने सम्मेलनले दिएको कार्यादेशबमोजिम नेतृत्वले सो पहल गर्ने नवनिर्वाचित अध्यक्ष डा जीवेन्द्रदेव गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रगतिशील साहित्यिक क्षेत्रलाई...

  • २०७५ चैत्र २६, मंगलबार

     गुलरियाको चमक हराउँदै

     साठी जनसङ्ख्या रहेको गुलरिया नगरपालिकामा ७५ प्रतिशत ग्रामीण क्षेत्र पर्छ । उद्योग कलकारखानासमेत नरहेको सदरमुकाम गुलरियालाई बबई नदीको कटान र वर्षेनी आउने बाढीले सताउने गरेको छ । स्थानीय तहमा कार्यालय स्थानान्तरण हुँदै गएपछि गुलरियाको चमक हराउँदै गएको छ । सुनसान र उराठ देखिन थालेको गुलरियामा व्यापारिक कारोवार प्रभावित भएको छ ।  गाउँगाउँबाट आउने सेवाग्राहीले स्थानीय तहबाटै सेवा पाउन थालेपछि...

  • २०७५ चैत्र २६, मंगलबार

    प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन

     पोखरा महानगरपालिका– ३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयले प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन गर्ने भएको छ । विभिन्न सामुदायिक विद्यालयमा नवीनतम् प्रविधिको अभावका साथै गुणस्तरीयता कायम हुन नसकेको लगायतका कारणबाट विद्यार्थी घटिरहेका वेलामा विद्यार्थी तथा अभिभावकको मन जितेको यस विद्यालयले प्रविधिलाई आत्मसात गर्दै नमूना कक्षा सञ्चालनको तयारी गरेको हो । विद्यालयमा नयाँ शैक्षिक वर्षका लागि...

  • २०७५ चैत्र २६, मंगलबार

    जब साँझ पर्छ,  अनि थिमि नाच्छ

    हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु ः अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् । मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि नेवारी बाजाका रुपमा अति प्रख्यात धिमे बाजाको आवाज सुनिन्छ । ठूलो पर्दामा धिमेको आवाजमा एक पुरुष र एक महिलाको आकृति नाचेको...

  • २०७५ चैत्र २६, मंगलबार

    कामपामा विद्यार्थी भर्ना अभियान

    काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ । विभागले आज यहाँ आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण विभागका शिक्षा अधिकारी निर्मला केसीले वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान...

  • २०७५ चैत्र २६, मंगलबार

    स्वास्थ्य सेवा प्रभावित

    आदर्श गाउँपालिका वडा नँ १  चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।  एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा भएका स्वास्थ्य जाँच गर्ने उपकरण तथा औजारमा पनि क्षति हुनाका साथै केही उपकरण पनि...

  • २०७५ चैत्र २६, मंगलबार

    विद्युत्को समयानुकूल महसुल तय गर्ने तयारी

    औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य भइसकेको अवस्थामा उद्योगलाई समेत समयानुकूल विद्युत् महसुल दर लागू गर्ने तयारी गरिएको छ ।  विगतमा विद्युत्भार कटौती हुँदा उद्योगलाई पूर्ण क्षमतामा चलाउन बढी शुल्क तिरेर उद्योगले विद्युत् लिने गरेका थिए । घरायसी ग्राहकलाई अँध्यारोमा राखेर नेपाल विद्युत् प्राधिकरणले उद्योगलाई विद्युत् दिएको भन्दै चर्को आलोचनासमेत भएको थियो । गत वैशाखदेखि औद्योगिक...

  • २०७५ चैत्र २६, मंगलबार

      स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्छः अर्थमन्त्री डा खतिवडा 

    अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको छ । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५आँै वार्षिकोत्सवमा उहाँले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताउनुभयो ।     उहाँले भन्नुभयो, “गरीबीको रेखामुनि रहेका जनता कति छन्, यकिन तथ्याङ्क आउन लागेको छ, सो आएपछि उहाँहरुको...

  • २०७५ चैत्र २६, मंगलबार

    साझाको ‘इ–टिकेटिङ’ मा यात्रु आकर्षित

    साझा यातायातले शुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ ।  परीक्षणका रूपमा साझाले दुई साता पहिले इ–टिकेटिङ शुरु गरेको थियो । भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरीद गरेर भाडा तिर्न सजिलो हुने साझाले जनाएको छ । परीक्षणका लागि पुल्चोकस्थित कार्यालय वा बसका सहचालक लगायतका कर्मचारीमार्फत...

  • २०७५ चैत्र २६, मंगलबार

    आँधीपीडितलाई इक्यानको सहयोग

    नेपाल शैक्षिक परामर्श सङ्घ इक्यान ले बारा र पर्साका आँधीपीडितका लागि रु पाँच लाख दुई हजार ५७६ सहयोग गरेको छ ।  इक्यानले सङ्घका विभिन्न सदस्यबाट रकम सङ्कलन गरी प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई आज सहयोग कोषका लागि रकम हस्तान्तरण गरिएको सङ्घका कार्यवाहक अध्यक्ष महेशबाबु तिमल्सिनाले भन्नुभयो । विपद्का समयमा सबैले पीडितका लागि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  पीडितका लागि विभिन्न...

  • २०७५ चैत्र २६, मंगलबार

    ९८० मा एचआइभी सङ्क्रमण

    जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै ९पहिचान भएका० ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो । सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५७० रहेको छ भने ३६० पुरुष रहेका छन् । त्यस्तै पचास बालबालिका एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधि उपचार गराउन आउनेको...

  • २०७५ चैत्र २६, मंगलबार

      स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको पाँचौँ शिखर सम्मेलन भोलिदेखि

     ‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलन भोलिदेखि यहाँ शुरु हुँदैछ ।   नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित सो तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एकहजार वैज्ञानिकको सहभागिता रहनेछ । परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सम्मेलनको...

Pages