राष्ट्रिय
-
२०७५ चैत्र २५, सोमबार
‘औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रसँग साझेदारी’
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रसँग साझेदारी गर्दै अघि बढ्ने नीति अङ्गीकार गरिएको बताउनुभएको छ । ‘कानूनी सुधारः समृद्धिको आधार’ विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसङ्घको आज राजधानीमा भएको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रलाई सधँै सघाइरहने बताउनुभयो । “देशको आर्थिक...
-
२०७५ चैत्र २५, सोमबार
बालश्रमिक नभएका घरमा हरियो झण्डा
जिल्लामा बालश्रम अन्त्य गर्न यहाँको दिपायल सिलगढी नगरपालिकाले बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्न थालेको छ । बालश्रम भएकाको घरमा भने झण्डा राखिएको छैन । दिपायल सिलगढी नपा–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आइतबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र पिपल्ला तथा राजपुरमा बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्ने अभियान सञ्चालन गर्नुभएको छ । डोटी जिल्लालाई नै बालश्रममुक्त घोषणा गर्ने अभियानअन्तर्गत हरियो...
-
२०७५ चैत्र २५, सोमबार
जनतालाई अँध्यारोमा राख्ने सक्रिय हुन खोजे घिसिङ
विगतमा अनाधिकृतरुपमा विद्युत्भार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणले टिप्पणी गरेको छ । प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखेको बताउनुभयो । उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उहाँले हुँदै नभएका विषयमा अफवाह फैलाएर प्राधिकरणको...
-
२०७५ चैत्र २५, सोमबार
पर्यटन विकासका लागि ‘फिल्ड’ कार्यालय
पर्यटन विकासका लागि ‘फिल्ड’ कार्यालय सुदूरपश्चिम प्रदेशमा पर्यटनका तीन वटा ‘फिल्ड’ कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बैतडी, दार्चुला र डडेल्धुरालाई केन्द्रित गरी बैतडीमा डोटी, अछाम, बझाङ र बाजुरालाई केन्द्रीत गरी डोटीमा तथा कैलाली र कञ्चनपुरलाई केन्द्रीत गरेर कैलालीमा पर्यटन विकास फिल्ड कार्यालय राख्ने तयारी अघि बढाइएको हो । प्रदेश...
-
२०७५ चैत्र २५, सोमबार
स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत हुने
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगांैडा–कोत्रे सडकखण्डको मर्मत हुने भएको छ । स्थानीयवासीको दबाबपछि शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित जीर्ण सडकको मर्मत हुने भएको हो । राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै आइतबार स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए । स्थानीयवासीको आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको सरोकारवालाको बैठकले तत्कालै उक्त सडकको...
-
२०७५ चैत्र २५, सोमबार
पाइपलाइन ओछ्याउन सात किमी मात्रै
नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम...
-
२०७५ चैत्र २५, सोमबार
अब नेपालमै फालाम र स्टीलको उत्पादन गर्नुपर्छः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार घाटा न्यूनीकरण गर्दैै फालाम तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टीलको उत्पादन गर्नुपर्नमा जोड दिनुभएको छ । ग्रील तथा स्टील व्यवासयी महासङ्घ नेपालको आज राजधानीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले अपार सम्भावना रहेको फलाम खानीको उत्खनन् गरेर फलाम र स्टीलको आयात प्रतिस्थापन गरिनुपर्ने...
-
२०७५ चैत्र २५, सोमबार
महोत्सवमा ४० लाखको कारोवार
यही चैत १५ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अछाम महोत्सवमा रु ४० लाख बढीको कारोवार भएको छ । महोत्सवमा टिकट बिक्री, व्यापारिक, लघुउद्यम र स्थानीय उत्पादनका कक्ष तथा रमाइलो मेलाका क्रियाकलापबाट गरी उक्त कारोवार भएको आयोजकको भनाइ छ । महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार महोत्सव अवधिभर जम्मा १५ हजार दर्शकले अवलोकन गरेका छन् भने १२ हजार टिकट बिक्री भएका छन् । टिकट बिक्रीबाट...
-
२०७५ चैत्र २५, सोमबार
पोखराबाट भ्रमणवर्षको शुरुआत गरिने
सरकारले पोखराबाट नेपाल भ्रमण २०२० को पूर्व शुरुवात ‘सफ्ट लञ्चिङ’ गर्ने भएको छ । नयाँ वर्षको पूर्व सन्ध्यामामा आगामी चैत ३० गते भ्रमण वर्षको शुरुआत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो । भ्रमणवर्षको तयारीका सम्बन्धमा यही चैत २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमणवर्ष मूलआयोजक समितिको बैठक बस्ने र पोखराबाट पहिलो चरणको शुरुआती कार्यक्रम घोषण गरिने मन्त्रालयका प्रवक्ता...
-
२०७५ चैत्र २५, सोमबार
पारिवारिक घुमफिर गर्ने बढे
विदेशी पर्यटक घट्दै जाँदा यतिबेला आन्तरिक पर्यटकले यहाँको पर्यटकीय क्षेत्र भरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन बढेसँगै यो मौसममा पर्यटकीय महत्व बोकेका ठाउँहरु आन्तरिक पर्यटकले भरिने थालेका छन् । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहासँगै पटिहानी, जगतपुर र मेघौलीका होटल आन्तरिक पर्यटकले भरिएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेकाअनुसार...
-
२०७५ चैत्र २५, सोमबार
बीस वर्षमुनिका चार सय किशोरी गर्भवति
तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छै्रैन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती गर्भवति भएका छन् । यो तथ्याङ्क हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताउनुभयो । “अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण...
-
२०७५ चैत्र २५, सोमबार
असिनाले अन्नबाली नष्ट
म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पुयाएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ । जिल्लाको मङ्गला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिना पानीले तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । अत्यधिक वर्षाका कारण मङ्गला– ३ को वडा कार्यालयबाट झाक्रपानीसहित विभिन्न बस्ती...


