STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र ४, सोमबार

    काठमाडौंमा भूकम्पको धक्का, मकवानपुरको चित्लाङ केन्द्रबिन्दु

    काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुर केन्द्र भएर गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो । मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले बताएको छ । भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ । ०७२ को गोरखा भूकम्पपछि लामो...

  • २०७५ चैत्र ४, सोमबार

    गोरखा भूकम्पको परकम्प

    आज बिहान ९ बजेर एक मिनेट जाँदा ४।१ रिक्टर स्केलको भूकम्प भएको छ । मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • २०७५ चैत्र ४, सोमबार

    मापसे जाँचमा समस्या

    मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला जिल्लाका ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको हो । ब्रेथलाइजरको अभाबमा...

  • २०७५ चैत्र ४, सोमबार

    राष्ट्रिय वनलाई संरक्षित क्षेत्र बनाइँदै

    तीव्र वन फँडानीका कारण लोपोन्मुख वन्यजन्तुको वासस्थान मासिएपछि इलामको उत्तरी क्षेत्रको वनलाई संरक्षित क्षेत्र बनाइने भएको छ । प्रशासनको उपस्थिति नहुँदा वन फँडानीसँगै चोरी शिकारीबाट लोपोन्मुख वन्यजन्तु हाब्रोको तस्करी बढेपछि गाउँपालिकाकै अगुवाइमा हाब्रो, थार, चरिबाघ लगायत सयौँ प्रजातिका चराको वासस्थान रहेको उत्तरी इलामको उक्त वनलाई संरक्षित क्षेत्र बनाउन थालिएको हो । सन्दकपुर गाउँपालिका–५ को...

  • २०७५ चैत्र ४, सोमबार

    वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह

    विभिन्न नागरिक सङ्घसंस्थाद्वारा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लगायत असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान आग्रह गरेका छन् । गैरसरकारी संस्था महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, मानवअधिकार एलाइन्स, काहुुराष्ट नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाललगायतका सङ्घसंस्थाले आज विज्ञप्ति जारी...

  • २०७५ चैत्र ४, सोमबार

    २६ हजार बर्ड फ्लू रोगी कुखुरा नष्ट

    हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट आएको पशु चिकित्सक तथा प्राविधिकको टोलीले शनिबारदेखि प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने...

  • २०७५ चैत्र ४, सोमबार

    नियमित रुपमा विद्यालय ल्याउन स्यानिटरी प्याड

    रजस्वलाका वेला नियमित रुपमा विद्यालय ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले छात्राका लागि ‘स्यानिटरी प्याड’ उपलब्ध गराइएको छ । तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क ‘स्यानिटरी प्याड’ उपलब्ध गराएको हो । नगरका सामुदायिक विद्यालयमा छ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राको संख्या तीन हजार ६५० छन् । रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने...

  • २०७५ चैत्र ३, आइतबार

    गाईको सट्टामा भ्रूण ल्याउनुपर्छ

    विदेशबाट गाई झिकाउन उपयुक्त नहुने विज्ञले सुझाव दिएका छन् । सरकारले चीनबाट गाई ल्याउने तयारी गरिरहेका बेला गाईको नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न क्रियाशील विज्ञले गाईको सट्टामा भ्रूण ल्याउनुपर्ने बताएका हुन् । गाईको तुलनामा निकै सस्तो, सजिलो र वातावरणमा घुलमिल गराउनसमेत सहज हुने भएकाले भ्रूण वा वीर्य ल्याएर यहीँको गाईलाई प्रत्यारोपण गर्नुपर्ने उनीहरुको सुझाव छ । राष्ट्रिय गाई अनुसन्धान...

  • २०७५ चैत्र ३, आइतबार

    विमानस्थल कालोपत्रेको काम शुरु हुन सकेन

    यही चैतभित्र बैतडीको पाटन विमानस्थलको कालोपत्रे गरी सक्ने भनिए पनि अझै कार्य शुरु भएको छैन् । गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल कालोपत्रे गर्ने कार्य थालनी नहुँदा स्थानीय बासिन्दा निराश बनेका छन् । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा माटो काट्ने, सम्याउनेलगायतका काम सकिएको नागरिक उडड्यन प्राधिकरणका इञ्जिनीयर कविता भट्टले बताउनुभयो ।...

  • २०७५ चैत्र ३, आइतबार

    बाबा समूहद्वारा सामूहिक चौरीपालन

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चेमा विदेशबाट फर्किएका युवाले सामूहिक चौरीपालन गर्न थालेका छन् । वैदेशिक रोजगारको विकल्पको रूपमा गाउँमै व्यावसायिक चौरीपालन गर्ने लक्ष्यले प्रगतिशील बाबा समूहमार्फत उनीहरूले चौरीपालन शुरु गरेका हुन् । समूहका अध्यक्ष गमबहादुर पुर्जाले भन्नुभयो, “चौरीपालनमा अहिलेसम्म रु १४ लाखभन्दा बढी लगानी भइसकेको र अहिले समूहसँग ३८ वटा चौरी छन् ।” समूहमा आवद्ध सात जनाले तीन...

  • २०७५ चैत्र ३, आइतबार

    विप्लवका गतिविधिमाथि उच्च निगरानी

    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारवाही थालेको हो । सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल...

  • २०७५ चैत्र ३, आइतबार

    सरकारबाट हट्ने सोच छैन– उपप्रम यादव

    उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भन्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल सङ्घीय सरकारमा नरहेकाले...

Pages