राष्ट्रिय
-
२०७५ फाल्गुण २९, बुधबार
एक हजार तीन सय कर्मचारी कारवाहीका लागि सिफारिस
राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराउनुभयो । उहाँका अनुसार छड्ेक अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८९७ र तोकिएको पोशाक नलगाउने ३४३ कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको हो ।...
-
२०७५ फाल्गुण २९, बुधबार
राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त
महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग ९सिएसडब्ल्यू०को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुभयो । त्यस क्रममा उहाँले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति...
-
२०७५ फाल्गुण २९, बुधबार
रोकिएन नदीजन्य पदार्थको उत्खनन
राप्ती नदीमा अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खनन कार्य नरोकिँदा स्थानीय बासिन्दा चिन्तित हुन पुगेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित नवलपुर, बैसा, गोबारपुर र गर्लाबाज गाउँक्षेत्र नजिकै राप्ती नदीबाट अवैधरूपमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको छ । यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन गर्दा मानवबस्ती, खेतीयोग्य जमीनमा हानी–नोक्सानी पुग्ने भन्दै गाउँपालिकाले रोक लगाए पनि उत्खननकार्य...
-
२०७५ फाल्गुण २९, बुधबार
भिक्षु अस्वघोषको स्वास्थ्य अवस्था गम्भीर
थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित भई ग्राण्डी अस्पतालमा उपचाररत ९४ वर्षीय अस्वघोष दुईसातादेखि उपचाररत हुनुहुन्छ । करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका भिक्षु अस्वघोषले करीब १५० कृतिहरु प्रकाशित गर्नुभएको छ । उहाँ अखिल भिक्षु महासङ्घको सल्लाहकारसमेत...
-
२०७५ फाल्गुण २९, बुधबार
सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै
जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । कम उमेरमा विवाह गर्ने गरेका महिलाको सङ्ख्यामा वृद्धि हँुदै गएकाले उनीहरु नै २० वर्ष कम उमेरका महिलाले गर्भपतन गर्ने गरेको स्थानीय तहका स्वास्थ्य संस्थामा तथ्याङ्क रहेको पाइन्छ । खप्तड छेडेदह गाउँपालिका साविकको आटीचौर गाविसको आटीचौर स्वास्थ्य चौकीबाट ४१ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । खप्तड छेडेदह...
-
२०७५ फाल्गुण २९, बुधबार
बक्यौता नतिर्नेको लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् बक्यौता नबुझाउने ६१६ ग्राहकको लाइन काटेको छ । केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को फागुन अन्तिम सातासम्म विद्युत् महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो । साठी दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । उहाँका अनुसार लाइन काटेर कारवाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम...
-
२०७५ फाल्गुण २९, बुधबार
एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण
एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गुमा वाग्लेले अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने...
-
२०७५ फाल्गुण २९, बुधबार
रातो हाब्रे संरक्षण शुरु
रुकुम पूर्व मा पाइने संरक्षित वन्यजन्तु रातो हाब्रेको संरक्षण गरिने भएको छ । नेपालको समुदायमा आधारित हाब्रे संरक्षण कार्यव्रmमअन्तर्गत जिल्लामा रातो हाबे्रको अनुसन्धान र अनुगमन गरी रातो हाब्रे संरक्षणको काम शुरु गरिने भएको हो । मानवअधिकार, वातावरण र विकास तथा अनुसन्धान केन्द्र ९हुरेडकार्स० नेपालसँगको सहकार्यमा रातो हाब्रे नेटवर्कले रातो सो अभियान शुरु गर्न लागेको हो । जिल्लाका पुथा उत्तरगङ्गा र...
-
२०७५ फाल्गुण २९, बुधबार
मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा
मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङलगायत संरचना निर्माणको जिम्मा लिएको इटालियाली कम्पनी सिएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् । सुरुङ निर्माण कार्यमा मजदूरी गर्नुभएका पूर्णबहादुर...
-
२०७५ फाल्गुण २८, मंगलबार
कोरियाली भाषा परीक्षा आगामी जेठमा
रोजगार अनुमति प्रणाली ९इपिएस०अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ । आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र...
-
२०७५ फाल्गुण २८, मंगलबार
अध्यक्ष पदमा सिजन श्रेष्ठ र दया शाक्यको भिडन्त हुने: वर्ल्ड नेवाः अर्गनाइजेसन तेस्रो सम्मेलनमा !
वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्लुएनओ) को तेस्रो सम्मेलन नेपालमा आउँदो मार्च २८ देखि ३० तारिखसम्म तीन दिन आयोजना हुने भएको छ । उक्त तेस्रो सम्मेलनको निम्ति उम्मेदवारहरुको नामावली घोषणा गरेको छ । घोषणा अनुसार अर्गनाइजेशनको केन्द्रीय अध्यक्ष पदमा सिजन श्रेष्ठ तथा दया शाक्यले उम्मेदवारी दिनुभएको छ । सिजन श्रेष्ठ वर्ल्ड नेवाः अर्गनाइजेशनको वर्तमान अध्यक्ष हुन् भने अर्का उम्मेदवार दया शाक्य वर्तमान...
-
२०७५ फाल्गुण २८, मंगलबार
सहकारीको सङ्ख्या घटाउन सुझाव
पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले यसलाई घटाउन सुझाव दिएको छ । नेपाल सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको सहकारी एकीकरण विषयक छलफलमा राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सङ्ख्यात्मक रुपमा वृद्धि गर्नुभन्दा गुणात्मकतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले सहकारी एकीकरण गर्नु चुनौती र...


