शिक्षा
-
२०८१ मङ्सिर ३०, आइतबार
त्रिभुवन विश्वविद्यालयद्वारा ८ संकायका डीन नियुक्त
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ । शनिबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। त्रिवि प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन। त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, त्यस्तै कृषि...
-
२०८१ मङ्सिर २६, बुधबार
स्नातक तहको नेपालभाषा विषयमा सविना महर्जन सर्वोत्कृष्ट
काठमाडौं – त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत स्नातक (बी.ए.) तहमा नेपालभाषा विषय ८१.१४ प्रतिशत अंक सहित सविना महर्जन सर्वोत्कृष्ट भएका छन् । पाटन क्याम्पसकी छात्रा महर्जनले चार वर्षे स्नातक तहको २०८१ सालमा प्रकाशित नतिजामा नेपालभाषा विषयमा सर्वोत्कृष्ट स्थान हासिल गर्नुभएको हो । विश्व निकेतन मा.वि., त्रिपुरेश्वरमा नेपालभाषा स्यनामिको रुपमा कार्यरत महर्जन नेपालभाषाको...
-
२०८१ आश्विन ८, मंगलबार
एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण
काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन्। २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो। परीक्षा नियन्त्रक कार्यालयका अनुसार पूरक परीक्षामा ननग्रेड र...
-
२०८१ आश्विन ६, आइतबार
चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा
काठमाडौँ - चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ । नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडानं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ६ महादेवस्थान...
-
२०८१ आश्विन ६, आइतबार
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
घोराही (दाङ), घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ । विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् । कक्षा ११ मा अध्ययनरत घोराही–१० नारायणपुरकी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा शैक्षिक कार्यक्रममै कोरियन भाषा विषय पढ्न पाउँदा उत्साहित भएको...
-
२०८१ भाद्र १७, सोमबार
त्रिविले माग्यो ११ क्याम्पस प्रमुखका लागि आवेदन
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले ११ वटा आङ्गिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुख मागेको छ। सोमबार सूचना जारी गर्दै त्रिविले ११ क्याम्पस प्रमुखका लागि आवेदन मागेको हो। त्रिविले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, जनकपुरको रामस्वरूप रामसागर क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी...
-
२०८१ श्रावण २४, बिहिबार
एसईईमा कम्तीमा ७० प्रतिशत उत्तीर्ण हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र स्तरीय शिक्षाको सुनिश्चितता गर्न ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी १०० दिनभित्र गर्न सकिने ठोस कामका सन्दर्भमा निर्देशन दिँदै उनले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख...
-
२०८१ श्रावण ६, आइतबार
त्रिविमा स्नातकका विद्यार्थीले अब मौका परीक्षा दिन पाउने
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा फेल हुने विद्यार्थीले एक महिनाभित्र मौका/पूरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । त्रिवि प्राज्ञिक परिषद्ले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरेको उपकुलपति केशरजंग बरालले जानकारी दिए । ‘सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था छ,’ उनले भने, ‘वार्षिक प्रणालीमा पनि...
-
२०८१ आषाढ २४, सोमबार
त्रिवि उपकुलपतिलाई भेट्न क्यूआर कोड
काठमाडौं - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिम समय लिनु पर्ने भएको छ । त्रिविले सूचना नै जारी गरेर अब उपकुलपति बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत समय लिनु पर्ने जनाएको छ । त्रिविले निकालेको सूचनामा भनिएको छ, ‘विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्रा.डा केशरजंग बराललाई प्रत्यक्ष भेटनुपर्ने...
-
२०८१ आषाढ १६, आइतबार
एसईईको मौका परीक्षा साउन २३ गतेदेखि
काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि ९पुरक० अर्थात् मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० को आज बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा गर्ने निर्णय गरेको हो। त्यस्तै त्यसको तालिका भने भोलि सार्वजनिक गर्ने बोर्डले जनाएको छ। बिहीबार आएको एसईईको नतिजा अनुसार दुई विषयमा मात्रै नन ग्रेडिङ ९एनजी०...
-
२०८१ आषाढ १३, बिहिबार
एसईई नतिजा सार्वजनिक, ५२ प्रतिशत फेल
काठमाडौँ - एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना...
-
२०८१ आषाढ ७, शुक्रबार
“अब म नेपालभाषालाई लिएर चिन्ता बोकी मर्नु पर्ने छैन” : नेवाः अगुवा एवं नेपालभाषा एकेदेमिका भाइस चान्सलर मल्ल के सुन्दर
सार्वजनिक भो नेपाललिपि ट्युटोरियल तथा नेपालभाषा डिक्सनरी एप “भाषानिभाः प्रेमबहादुर कसाः ले त्यो बले मलाई भन्नुभएको थियो कि, म मरेपछि आशा सफू कुथि, च्वसा पासा रही रहन्छ त ? भनी चिन्ता व्यक्त गर्नुभएको थियो । शताब्दी पुरुष सत्यमोहन जोशीले पनि मलाई भन्नु भएको थियो कि, म रहेन भने लोकसाहित्य परिषद् ज्यूदो भइरहन्छ त ? भन्दै चिन्ता प्रकट गर्नुभएको थियो । त्यो बेलाका थुप्रै भाषा अभियन्ताहरुले यसरी नै...


