STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जापानमा निःशुल्क मास्क बाँड्दै नेपाली

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २८, बुधबार

काठमाडौं– जापानमा २०११ मार्च ११ का दिन गएको विनासकारी भूकम्पको सम्झनामा ‘शिबुया मण्डला रेस्टुरेन्ट’अगाडि निःशुल्क मास्क वितरण गरिने भएको छ । कोरोनाभाइरसका कारण मास्कको माग धेरै रहेको तर आपूर्ति कम हुँदा जापानमा यसको अभाव छ । योमरी ग्रुप अफ कम्पनी, जापानअन्तर्गतका नेपाली रेस्टुरेन्ट ‘मण्डला शिबुया’अगाडि निशुल्क मास्क वितरण गरिन लागेको हो । मार्च ११ बुधबार दिउँसो ४ बजेदेखि निशुल्क मास्क वितरण गरिने कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार शाक्यले जनजाति खबरलाई जानकारी दिएका छन् । आफ्नो कर्मभूमि जापान भएकोले जापानी र जापानप्रति कृतज्ञता जनाउन तथा नेपालीहरु पनि दुःखमा साथ दिन्छन् भन्ने सन्देश दिन यो कार्यक्रमको आयोजना हुनलागेको शाक्यले बताएका छन् । यसअघि, सोही कम्पनीले टोकियोमा रहेको एसिएन डाइनिङ बालि गार्डेन रेस्टुरेन्टमा आउने ग्राहकहरुलाई मंगलबारदेखि निशुल्क मास्क वितरण गर्दै आएको छ । यसका अलावा बाटोमा हिँड्ने बटुवाहरुलाई पनि निशुल्क मास्क वितरणको तयारी भइरहेको शाक्यले जानकारी दिएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय