बेलायतमा कोरोना भाइरसबाट एक नेपालीको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ८, शनिबार
वेलायतमा एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर(पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ ।
उनको मृत्यु मंगलबार ४ चैत बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको हो ।
मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए । उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए ।
अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय