STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाविरुद्ध लड्न सर्वदलीय सरकार गठनको माग

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १, सोमबार

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसले निम्त्याएको विकराल परिस्थितिविरुद्ध लड्न ओली सरकारले विशाल छाति बनाएर सर्वदलीय सरकार गठन गर्नुपर्ने माग नेपाः राष्ट्रिय पार्टीले गरेको छ । नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैंजूले चैत २९ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी वर्तमान समयमा पक्ष–विपक्ष नभनेर नेपाली कांग्रेसलगायत सरकारबाहिर रहेका सम्पूर्ण दलहरु सम्मिलित सर्वदलीय सरकार गठन गरी कोरोनाविरुद्ध लड्न सरकारसँग माग गरेको छ । यसको लागि सरकारले नै वातावरण बनाएर सर्वदलीय सरकार गठनको आह्वान गर्नुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ । वर्तमान सन्दर्भमा सरकारले गठन गर्ने कुनै पनि राजनीतिक संयन्त्रले राम्रोसँग काम गर्न नसक्ने जनाउँदै सर्वदलीय सरकार गठनपश्चात् भविष्यमा यो सरकारको साख जनतामाझ अझै बढ्ने पनि विज्ञप्तिमा जनाइएको छ । यदि सरकारले सर्वदलीय उल्लेख छ । वक्तव्यमा विदेशमा रहेका नेपालीहरुलाई अनिवार्य रुपमा स्वदेश फर्काउने चुनौती सरकारसामु रहेको जनाउँदै स्वदेश फर्किएका सबै नेपालीलाई उपत्यकामा भित्रिन नदिएर विमानस्थलबाटै आ–आफ्नो ठाउँमा पठाउने व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरेको छ ।
Categorized in राष्ट्रिय