STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

झापाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि, स‌ंक्रमित संख्या ४९ पुग्याे

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १३, शनिबार

काठमाडौं– झापाको दमकका एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । बिहीबार गरिएको र्यापिड टेष्ट विधि परीक्षणमा उनीसमेत उनका छोरा र श्रीमतीमा कोरणा पोजेटिभ देखिए पनि पिसिआरमा ती वृद्धको मात्र कोरोना संक्रमण पोजेटिभ देखिएको हो । उनका छोरा चैत ६ गते दुबईबाट नेपाल आएका थिए । ३५ वर्षीय ती युवामा कोरोनाको र्यापिड परीक्षणमा पोजेटिभ देखिएपछि उनका परिवारका सदस्यलाई पनि परीक्षण गरिएको थियो । ती युवाले २१ दिन घरमै बिताएको स्वास्थ्य परीक्षणमा भनेका थिए । संक्रमित परिवारका सदस्यलाई दमक अस्पतालमा आइसोलेसनमा राखिएको छ ।
Categorized in राष्ट्रिय