नागढुंगामा डिस्इन्फेक्सन टनेल
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १९, शुक्रबार
काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा निर्मित ‘डिस्इन्फेक्सन टनेल’को शुक्रबार उद्घाटन भएको छ ।
चन्द्रागिरी नगरपालिको सहयोगमा सुन्दर यातायात प्रालिले सो टनेल निर्माण गरेको र टनेलको संचालन नागढुंगाका प्रहरीले गर्ने भएको छ ।
टनेलले गाडीहरुलाई निःसंक्रमण गर्ने र कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ । टनेलभित्र गाडी प्रवेश गराएपछि कीटनाशक औषधिको वर्षामा पर्छ र त्यसले निःसंक्रमण हुने बताइएको छ ।
Categorized in राष्ट्रिय


