चन्द्रागिरीमा तरकारी बेच्न पनि प्रतिबन्ध
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
काठमाडौं – चन्द्रागिरी मच्छेगाउँ बस्ने एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि चन्द्रागिरी ९ वडा कार्यालयले सार्वजनिक स्थलमा तरकारी बेच्न प्रतिबन्ध लगाएको छ ।
चन्द्रागिरी ९ वडा कार्यालयमा मंगलबार बसेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडा समितिको बैठकले सार्वजनिक स्थलमा तरकारी बेच्न, गाडीमार्फत तरकारी र फलफूल बिक्री गर्न पनि रोक लगाएको छ ।
वडाध्यक्ष देवेन्द्र महर्जनले सूचना जारी गरी निर्माण सामग्री ढुवानीमा पनि पूर्ण रुपमा रोक लगाएको छ ।
वडा कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे मास्क लगाएर निस्कन र कुनै पसलमा जाँदा सामाजिक दूरी कायम गराउन पनि आग्रह गरेको छ ।
Categorized in उपत्यका