STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सतुंगलका बालकमा कोरोना संक्रमण, चन्द्रागिरी नगरपालिका सिल

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २, शुक्रबार

काठमाडौं – काठमाडौंको सतुंगलसहित थप ९ जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् । यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
चन्द्रागिरी नगरपालिका सिल
यसैबीच, कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ । नगरपालिकामा जनप्रतिनिधि र सुरक्षा अधिकारीको बैठकले नगरपालिका क्षेत्रभित्र अत्यावश्यक काममा बाहेक हिँडडुल र गाडी चलाउन प्रतिबन्ध गरिएको छ । गत वैशाख ३० गते चन्द्रगिरिमा बसोबास गर्ने ३३ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । ती युवती चन्द्रागिरि– ९ निवासी थिइन् । त्यस्तै जेठ एकमा पनि चन्द्रागिरिमै बसोबास गर्ने ३२ वर्षीय युवकमा पनि कोरोना संक्रमण देखिएको थियो । जेठ एकमै काठमाडौंको दहचोक बस्ने ७ वर्षीय बालकमा समेत कोरोना संक्रमित भएको पाइएको छ । त्यस्तै, बिहीबार धादिङ स्थायी घर भएकी महिला पनि वैशाख २७ गते काठमाडौंको सतुंगलमै रहेकी छन् । यसअघि चन्द्रागिरिमा पहिलो संक्रमण वैशाख ३० मा भेटिएपछि नगरपालिकाको वडा नम्बर ९ कार्यालयले ३१ वैशाखमा नै तरकारी बेच्न समेत प्रतिबन्ध लगाइसकेको छ । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढ्दै गएपछि चन्द्रगिरि नगरपालिका वडा नम्बर ६ ले केही क्षेत्रमा पसल व्यवसाय सञ्चालन र हिँडडुलमा समेत रोक लगाएको छ ।
Categorized in राष्ट्रिय