STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं सोह्रखुट्टेका कोरोना संक्रमित अष्ट्रेलियाबाट फर्किएका

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ११, आइतबार

काठमाडौं – आइतबार पुष्टि भएका काठमाडौंका एकजना कोरोना संक्रमित सोह्रखुट्टेका ६९ वर्षीय पुरुष भएको जनाइएको छ । ती संक्रमित पुरुष गत चैत ३ गते अष्ट्रेलियाबाट युएई हुँदै काठमाडौं आएको थाहा हुन आएको छ । काठमाडौं महानगरपालिका–१६ का वडा कार्यालयले जनाएअनुसार विदेशबाट आएका व्यक्तिको विवरण संकलन गरिएका बेला उनी छुटेका थिए । उनी घरमै बसिरहेका थिए । पछिल्लो समय वडा कार्यालयले पुनः विवरण संकलन गरेपछि पत्नीसहित उनले कोरोना भाइरसको परीक्षण गराएका थिए । आइतबार आएको रिपोर्ट अनुसार उनको नतिजा पोजेटिभ आएको छ भने श्रीमतीको नेगेटिभ आएको छ । अहिले उनको नेपालको यात्रा विवरण संकलन गर्ने कार्य भइरहेको छ । हाल उनलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिसकिएको पोखरेलले बताए ।
Categorized in राष्ट्रिय