क्वारेन्टाइनमा बस्दै आएका एक पुरूषको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २४, शनिबार
काठमाडाैं - बाजुराको क्वारेन्टाइनमा बस्दै आएका एक जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ।
भारतबाट आएका ती ६५ वर्षीय ती पुरुष जेठ १६ गतेबाट बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा उनी बस्दै आएका थिए ।
मृतक दमका बिमारी थिए। सुदूरपश्चिममा कोरोनाको परीक्षणका लागि स्वाब संकलन गर्न स्थगित गरेपछि उनको स्वाब परीक्षण कहाँ गर्ने भन्ने अन्यौल छ।
उनले स्वाब परीक्षण पछि वा अघि शव व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरू घटनास्थलमा पुगेपछि निर्णय लिइने जनाइएकाे छ ।
Categorized in राष्ट्रिय