STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतबाट आएकालाई क्वारेन्टाइन लैजान लागेको टिपर नदीमा खस्याे

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार

काठमाडाैं - कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको छ। नरहरिनाथ गाउँपालिका-१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो। दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको छ । करिब ३६ भन्दा बढी हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उनीहरू कर्णाली नदीमा हराएकाे आशंका गरिएकाे छ । कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेकाे हो । उद्धारका लागि अहिले नेपाल प्रहरी, नेपाल आर्मीकाे टाेली घटनास्थलतर्फ गएको कालिकाेटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईले जानकारी दिए । उनले भने, ‘घटना भएको ठाउँमा फोनले काम नगर्ने रहेछ । त्यसैले दुर्घटनाको विस्तृत विवरण आउन समय लाग्छ ।’ 
Categorized in अपराध-दुर्घटना