STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शोले फिल्ममा सुरमा भोपाली बनेका कलाकार जगदीपको निधन

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २५, बिहिबार

विजयरत्न असंबरे


हिन्दी फिल्म क्षेत्रको एक सफल एवं लोकप्रिय चलचित्र ‘शोले’मा सुरमा भोपालीको चरित्र निभाउने कलाकार जगदीपको हिजो बुधबार साँझ भारतीय समयअनुसार ८ः४० मा ८१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भयो । सन् १९३९ मार्च २९ मा जन्मिएका जगदीप विशेष गरी कमेडी आर्टिस्टको रुपमा लोकप्रिय रहे । उनको वास्तविक नाम शैयद ईश्तियाक अहमद जाफरी हो । बाल्यकालदेखि नै चलचित्र क्षेत्रमा बालकलाकारको रुपमा प्रवेश गरेका जगदीपको पहिलो चलचित्र सन् १९५१ मा आएको ‘अफसाना’ हो । यस चलचित्रका निर्देशक बीआर चोपडा हुन् । कतिपय फिल्ममा बाल कलाकारको रुपमा अभिनय गरेका जगदीपले पछि निर्देशक गुरु दत्तको आरपार, विमल रायको दो बिघा जमीनका साथै पुराना मन्दिर, अन्दाज अपना अपना लगायत चार सयभन्दा बढी फिल्ममा विभिन्न भूमिका निभाई दर्शकको मन जिते । जगदीपको तीनजना श्रीमती छन् भने बलिउडका लोकप्रिय कलाकार जावेद जाफरी र नावेद जाफरीसहित उनका ६ जना सन्तान छन् । उमेर ढल्किएपछि चलचित्र क्षेत्रबाट टाढिएका जगदीप केही समयदेखि घरमै बसेका थिए भने उनले क्यान्सरको उपचार पनि गराइरहेका थिए ।
Categorized in सिनेमा