नेपालमा पहिलो पटक टेलिभिजन मार्फत नाटक महोत्सव
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २८, आइतबार
विजयरत्न असंबरे
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयकाे आर्थिक सहयाेगमा नेपालभाषा एकेदेमिद्वारा नेपाल मै पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत एकांकी नाटक महोत्सव सम्पन्न गरिएको छ । गत असार १६ गते सम्पन्न सो एकांकी महोत्सव मा ८ वटा विभिन्न नाटक सहभागी भएका थिए । कोरोना महामारी को संक्रमण को जोखिमलाई दृष्टिगत गरी दर्शकको सहभागी बिना टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत नाटक महोत्सव सम्पन्न गरिएको कुरा सो एकेडेमीका सदस्य सचिव मल्ल के सुन्दर ले बताएका छन् । नेपालभाषा का विभिन्न एकांकीहरु मध्ये नाटककार मीना बज्राचार्य काे लिथु को निर्देशक पवन जोशी , रामकृष्ण धिनाको थ्वपू कर्म को राजेश शाक्य , शशीकला मानन्धर को चन्द्रहार को निर्देशक आर्यम नकःमि , राजेन्द्रकुमार पुताको थौंकन्हे को रवि महर्जन , नेपालभाषाका लोककवि राजभाइ जकःमिको कीर्तिलक्ष्मी को रामकृष्ण खडगीले निर्देशन गरेका थिए भने महोत्सवमा लेखक , निर्देशक सुरेन्द्र तुलाधर को डा कान्छाभाई , लेखक , निर्देशक कृष्ण प्रजापति को बुंख्याचा , लेखक , निर्देशक राजु श्रेष्ठ को तरकारी बन्जा पनि मन्चन गरिएको थियो । सो एकांकी महोत्सव मा सहभागी नाटकका कलाकार, लेखक, निर्देशक र सहयाेगीहरूकाे सम्मानमा शनिवार कीर्तिपुरस्थित नेपालभाषा एकेदेमि हलमा अायाेजित कार्यक्रममा आयोजक तर्फबाट धन्यबाद ज्ञापन गर्दै सम्मान गरिएको थियो । आयाेजक नेपालभाषा एकेदेमिका प्राज्ञ एवं नाटक प्रदर्शन अायाेजन समितिका संयाेजक बीरप्रसाद भन्सारीकाे सभापतित्वमा भएकाे कार्यक्रममा विशेष अतिथि प्रा. डा. चन्द्रमान वज्राचार्य र वरिष्ठ चलचित्र पत्रकार एवं नेपालभाषा एकेडेमीका प्राज्ञ विजयरत्न असंबरेले प्रदर्शित नाटकहरूकाे समीक्षा गर्नुभएकाे थियाे । नाटक प्रदर्शन समितिका सदस्य एवं वरिष्ठ चलचित्र निर्देशक पवन जाेशीले धन्यवाद ज्ञापन गर्नुभएकाे कार्यक्रम पवित्र कसाःले संचालन गर्नुभएकाे थियाे भने कार्यक्रममा धन्यवाद-पत्र र मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । Categorized in उपत्यका


