विवाद समाधानका लागि ओली र दाहालबीच आज छलफल हुँदै
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३१, बुधबार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवाद समाधानका लागि आज छलफल हुँदैछ। प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलको समय भने तय भइनसकेको प्रचण्डको सचिवालयले जनाएको छ।
इतिहासकै बलियो शक्ति आर्जन भएर बनेको सरकार सबैभन्दा कमजोर अवस्थामा पुगेका बेला नेकपाका दुई अध्यक्षबीच पार्टी र सरकारलाई चलायमान बनाउने गरी छलफललाई निश्कर्षमा पुर्याउने तयारीमा छन् ।
अध्यक्ष प्रचण्ड हिजो पार्टीको आन्तरिक विषयमा छलफल गर्न भन्दै बालुवाटार पुगेका थिए। तर प्रधानमन्त्रीलाई थकित अवस्थामा देखेपछि प्रचण्ड पार्टीको आन्तरिक विषयमा कुरा नगरी खुमलटार फर्केको बुझिएको छ।
जेठ १० गते शुरु भएको नेकपाको स्थायी कमिटीको बैठक पटक पटक स्थगित हुँदै आएको छ। बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्। तर प्रधानमन्त्री आफूले दुवै पदबाट राजीनामा नदिने अडानमा छन्।
Categorized in राजनीति