STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल प्रहरीका दुई डीआईजीमा कोरोना पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३२, आइतबार

काठमाडौं – नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआईजीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । सङ्क्रमित डीआईजीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म देशभर तीन सय ८० जना प्रहरीलाई कोरोनाको सङ्क्रमण भएको छ भने दुई सय ४० जना उपचारपछि निको भएका छन् ।
Categorized in राष्ट्रिय