STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्रीका निजी चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ११, आइतबार

काठमाडौं – प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएकी उनको शनिबार पोजेटिभ रिपोर्ट आएको हो । उनी अहिले होम आइसोलेसनमा बसेकी छिन् । शाहले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने नभेटेको बताइन् । तीन दिन अघि डा. गोविन्द केसीलाई भेटेको तर सामाजिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको उनले बताइन् ।

Categorized in राजनीति