STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यकाका ११ सय ७७ सहित २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १७, शनिबार

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकाका ११७७ जना सहित थप २१२० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । 

योसँगै संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।

शनिबार थप ८ संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित संक्रमितको संख्या ५ सय २८ पुगेको छ ।

अहिले देशभर २१ हजार ३ सय २ जना सक्रिय संक्रमित छन् ।

Categorized in राष्ट्रिय