STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामग्री वितरण

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन १८, आइतबार

राष्ट्रखबर र लाइन्स क्लव अफ काठमाडौं सिञ्चितको सहकार्यमा मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ ।

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध-६ चरङ्गेफेदीमा रहेको श्री काली गङ्गा प्रमाइमरी स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

नेपाली काँग्रेसका नेता गणेश लामा, कलाकार यमन श्रेष्ठ, लायन्स क्लव काठमाडौंका अध्यक्ष तथा युनिभर्सल डेण्टलका संस्थापक राजेन्द्रमान लामा, क्लबका संस्थापक अध्यक्ष गोपाल न्यौपाने, स्कुलका अध्यक्ष टीकाबहादुर केसी, स्कुलका प्राध्यापक रमेशप्रसाद न्यौपाने र समामजसेवी सुभाष न्यौपानेको आथ्यितामा शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । त्यस्तै गरी युवा पुस्ता का लोकप्रिय कलाकार यमन श्रेष्ठ र  कलाकार सञ्जित भण्डारी, गायक रामकृष्ण श्रेष्ठलगायतको पनि आतिथ्यता रहेको सो कार्यक्रममा स्कुलका एकसय ४० जना विद्यार्थीलाई ब्याग, कपि पेन्सिल, साबुन, मास्कलगायतका सामग्री वितरण गरिएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि गणेशलामाले काभ्रेको यो पिछडिएको ठाउँमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदै आउँदा दिनमा पनि यस्तै यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । यस्तै अन्य अतिथिहरूले अहिलेको यस्तो विषम परिस्थितित कारोना कहरकाबीचमा पनि मिलापले गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो । 

फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले विगतमा पनि स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरणलगायत अन्य सामाजिक कार्यगर्दै आएको बताउँदै शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा साथ सहयोग पुर्‍याउने सबैलाई धन्यावाद दिनुभयो ।  कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेलले सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने उद्देश्य रहेको कुरा सुनाउनु भयो ।

Categorized in राष्ट्रिय