STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महँगा गाडी र मदिरा आयातमा लागेको प्रतिबन्ध फुकुवा

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २५, आइतबार

काठमाडौं – सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार डलरभन्दा बढीका सवारी साधनमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।

कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको उनले बताए। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण निर्यात तथा पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्रा आर्जन घटेको भन्दै चैत तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले विलासी कारको आयातमा प्रतिबन्ध लगाएको थियाे।

सवारी आयातकर्ताले ५० हजार अमेरिकी डलर (खरिद बिजकका अधारमा)भन्दा बढी मूल्यका सवारी साधन खरिद गरेर नेपाल ल्याउन पाएका थिएनन्।

यसैगरी  सरकारले विदेशी मदिरा आयातमा लगाएको बन्देज फुकुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आयात खुल्ला गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

कोरोनाका कारण विदेशी मुद्राको सञ्चतीमा असर पर्न सक्ने भन्दै २०७६ चैत १६ गते सरकारले विदेशी मदिरा आयातमा रोक लगाउने निर्णय गरेको थियो ।

भन्सार विभागका अनुसार नेपालमा वार्षिक २ अर्ब भन्दा बढीको विदेशी मदिरा औपचारिक माध्यमबाट भित्रिन्छ ।

Categorized in राजनीति