STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बौद्ध दर्शनका दृष्टिले गहिरो सम्बन्ध रहेका काठमाडौं र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर १४, आइतबार

काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगर बीच अनुभव आदान–प्रदान गर्ने उदेश्यले यी नगरबिच भगिनी सम्वन्ध स्थापना भएको हो । 

भगवान गौतम बुद्धको अस्थिधातु रहेको प्राचिन नगर रामग्राम र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका बीच दुई नगरका प्रमुखले शनिबार साँझ हस्ताक्षर आदान–प्रदान गरी भगिनी सम्बन्ध स्थापना भएको घोषणा गर्नु भएको छ । 

काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य र रामग्राम नगरपालिकाका तर्फबाट प्रमुख नरेन्द्र कुमार गुप्ताले सहमति–पत्रमा हस्ताक्षर गरी दुई नगरहरुका बीच भगिनी सम्बन्ध स्थापना गरी मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्बन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पश्चिम) अन्तर्गतको रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेसँगै काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत रामग्राम नगरपालिकालाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न ‘कोलिय शान्ति उद्यान’ निर्माणका लागि रु. १ करोड ५० लाख रकम दिने घोषणा गरेको छ । 

उक्त घोषणको सम्झौतामा पनि दुबै नगरका प्रमुखले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार निर्माण भएको ऐतिहासिक तथा पर्यटकीय कोलीय शान्ति उद्यानको प्रवेशद्वारमा र अन्यत्र उपयुक्त स्थानमा ‘काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत निर्मित उद्यान’ उल्लेख गर्नुपर्नेछ ।  

हस्ताक्षरपछि सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले बौद्ध दर्शका दृष्टिले काठमाडौं र रामग्रामका बीच गहिरो साँस्कृतिक सम्बन्ध रहेको स्मरण गराउनु भयो भने  उहाँले  काठमाडौं पनि दक्षिण र उत्तर कोलियोग्राम रहेको भन्दै यहाँको कोलियग्रामका बिचमा विगतमा केही सम्बन्ध हुन सक्छन् भन्नुभयो ।

रामग्राम नगरपालिकाका तर्फबाट प्रमुख नरेन्द्र कुमार गुप्ताले सम्बोधन गर्ने क्रममा  काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो । 

कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले दुई नगरबीच धार्मिक र साँस्कृतिक सम्बन्ध दिगो हुने अपेक्षा गर्नुभयो भने रामग्राम नगरकी उपप्रमुख रम्भा कुँवरले दुई नगरबीचको आत्मीय सम्बन्धबाट नगरको समृद्धिमा हौसला मिलेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु एवं कार्यपालिका सदस्यहरु सहभागी हुनुहुन्थ्यो । 

भगिनी सम्वन्ध स्थापित गर्नु अघि दुबै नगरका पदाधिकारीसहितको टोलीले रामग्रामको वडा–१८ गौतम बुद्धको मामाघर रहेको प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुर, वडा ७ मा रहेको रामग्राम स्तुप, त्रिवेणी धाम र गजेन्द्रमोक्ष धामलगायत स्मारक, धार्मिक र सांस्कृतिक स्थलहरुको भ्रमण अवलोकन गरेको थियो । 

रामग्रामका मेयर गुप्ताकाअनुसार पण्डितपुरको उत्खनन गर्दा बुद्धकालीन भाँडाकुँडा, लोहोटालगायत घरायसी सामाग्री भेटिएको र ती सामाग्री लुम्बिनीको संग्रहालयमा लगिएको जानकारी दिनुभयो । त्यसैगरी रामग्राम स्तुपमा रहेको बुद्धको अस्तु अहिलेसम्म ननिकालिएको अस्तु हो । रामग्राम नगरका उपमेयर कुँवरका  अनुसार  गौतम बुद्ध को निर्वाणपछि अस्तुलाई ८ भागमा बाँडेर बिभिन्न क्षेत्रमा राखिएको थियो । तीमध्ये ७ ठाउँका अस्तु निकालेर अन्यत्र बाँडिएका छन् भने रामग्रामको अस्तु अहिलेसम्म निकालिएको छैन  भन्ने रहेको छ ।

किंवदन्तीअनुसार अशोक सम्राटले अस्तु निकालेर अन्यत्र बाँड्न खोजेका थिए । तर नाग र सेतो हात्तीले घेरेर राखेको देखेपछि उनले अस्तु निकाल्ने सोच त्यागी दिएका थिए ।

Categorized in राष्ट्रिय