STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चरा ठोक्किएपछि हेलिकप्टर दुर्घटना

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १४, आइतबार

नुवाकोट– बागलुङको गलकोट नगरपालिकाबाट काठमाडौंको लागि उडेको हेलिकप्टर नुवाकोटको बेलकोटगडी नगरपालिका–६ मा दुर्घटना भएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टरमा चिल चरा ठोक्किदा दुर्घटना भएको हो । हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विरजंग भण्डारी सामान्य घाइते भएका छन् ।

हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल र पाइलट अवस्था समान्य रहेको छ । दुर्घटना हुँदा हेलिकप्टरको अगाडी सिसा फुटेको छ ।

चरा ठोक्किएपछि पाइलटले हेलिकप्टर बेलकोटगडी नगरपालिकाको दुईपिपलमा फोर्स ल्याडिङ गरेका थिए ।

Categorized in अपराध-दुर्घटना