STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा, अन्तरिम आदेश जारी भएन

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ८, बुधबार

काठमाडौं – प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ सर्वाेच्च अदालतले संवैधानिक इजलासबाट गर्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा बुधबार भएको प्रारम्भिक सुनुवाइपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश जारी भएको हो।

संसद विघटनविरूद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाइ भएको थियो ।

अन्तरिम आदेश जारी भएन

प्रधानन्यायाधीस चोलेन्द्र शमसेर राणाको एकल इजलासमा सुनुवाईपछि अन्तरिम आदेश भने दिइएको छैन । संवैधानिक इजलास १० पुसमा तोकिएको छ । संवैधानिक इजलास प्रधानन्यायाधीसको नेतृत्वमा तोक्ने व्यवस्था छ । 

निवेदकका तर्फबाट बहस गर्ने वकिलहरुले अन्तरिम आदेश जारी गरेर बृहत इजलासले विवादको टुंगो लगाउनुपर्ने जिकिर गरेका थिए । 

प्रधानन्यायाधीस राणाले विपक्षीको समेत बहस सुन्नुपर्नेद भन्दै अन्तरिम आदेश जारी नगरी संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् । 

Categorized in राजनीति