STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कांग्रेसकाे कार्यसमिति बैठक भाेलि पनि बस्दै

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ९, बिहिबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । सदस्यहरूको बोल्नेक्रम जारी रहेकाले बैठक भोलिसम्मका लागि सारिएको हो । 

आजको बैठकमा नेताहरू विमलेन्द्र निधि, अर्जुननरसिंह केसी र प्रकाश शरण महतले धारणा राखेका छन् । आजको बैठकले १३ पुसमा सरकारविरुद्ध देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । 

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि संस्थागत धारणा बनाउन मंगलबारदेखि कांग्रेसको बैठक सानेपामा जारी छ ।

Categorized in राजनीति