STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शरणार्थी शिविरमा आगलागी हुँदा एकजनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २८, मंगलबार

झापा – झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ।

दमक नगरपालिका वडा नम्बर-३ भुटानी शरणार्थी शिविरको सेक्टर डि फोर हट नम्बर ३२५ का देशमान राईको आगलागीमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

आगलागी हुँदा उनी छाप्राभित्र थिए। एकैचोटि आगो उठेपछि छाप्राभित्र सुतेका उनलाई कसैले उद्धार गर्न नसकेको स्थानीयबासीको भनाइ उदृत गर्दै दमक प्रहरीले जनाएको छ।

राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय र दमक नगरपालिकाको दमकलले ४५ मिनेटपछि आगो नियन्त्रणमा लिएको थियो।

आगलागीका कारण तीन लाख रुपैयाँ बराबरकाे सुनचाँदी, ८ लाख रुपैयाँ बराबरकाे खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ । उनका अनुसार आगलागीको पनि कारण खुलिसकेको छैन।

Categorized in अपराध-दुर्घटना