STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १, बुधबार

नेपालमा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ४२८९ पीसीआर परीक्षणबाट ५८० जना र ४५१ एन्टिजेन परीक्षणबाट २३ जना गरी ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै  २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १७३, ललितपुरमा ६१ र भक्तपुरमा २० जना कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ भने १२९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Categorized in स्वास्थ्य-मौसम