बुंगद्यःको न्हवं (महास्नान) सम्पन्न
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख १५, बुधबार
आज ललितपुरमा बुंगद्यः (रातो मच्छिन्द्रनाथ)को न्हवं (महास्नान) गरिएको छ ।
चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित आमा मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहेको छ ।
मच्छिन्द्रनाथलाई पाटन सुन्धारा, गाःबहाल, हरिसिद्धि आदि स्थानबाट ल्याइएको पूजा सामग्री तथा बुङ्मतीबाट घडामा ल्याएको जलले महास्नान गरिन्छ ।
Categorized in उपत्यका

