STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युवा नेता उज्वल थापा रहेनन्

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १८, मंगलबार

काठमाडौं -  अस्पतालमा उपचाररत उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ।

उनको अपराह्न ४:२५ बजे निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि थापालाई सुरुमा ग्रान्डी अस्पताल भर्ना गरिएको थियो ।

तर, स्वास्थ्य अवस्था जटिल भएपछि इक्मो प्रविधिबाट थप उपचार गर्नुपर्ने भएपछि ग्राण्डी अस्पतालबाट थापालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

‘उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू, नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ!’, पाण्डेले सेयर गरेको स्टाटसमा भनिएको छ, ‘उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो। उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ!’

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह पनि उनले गरेका छन्।

Categorized in व्यक्तित्व