STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

६० देखि ६४ बर्ष उमेर समूहका एक लाख महानगरवासीलाई भेरोसेल खोप लगाउने

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २५, मंगलबार

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आजबाट सुरु  हुने गरी ६० देखि ६४ बर्ष उमेरसमूहका करीब १ लाख नागरिकलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताउनु भएको छ ।

उहाँको अनुसार काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा खोप अभियान सञ्चालन भएको छ भने नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो चरणको खोप एक लाखलाई लगाउने लक्ष्य राखेकाे देखिन्छ ।

यसअघि पहिलो मात्राको खोप लगाउन छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक यो खोप दिन लागिएको हो ।
उहाँले अस्पतालमा अनावश्यक भिड गर्दा त्यहींबाट संक्रमण फैलिने हो कि भन्ने जनगुनासोलाई ध्यानमा राखेर ६० देखि ६४ वर्ष उमेर समुहका नागरिकलाई खोप लगाउने अभियान काठमाडौँ महानगरपालिकाकै व्यवस्थापनमा सञ्चालन भैरहेको भन्दै त्यो उमेर समूहका आम महानगरवासी नागरिकलाई सेवा लिन आग्रह गर्नुभयो ।  

उहाँले  सबै खोप केन्द्रमा खोप लगाएपछि केही समय आराम गर्ने र आराम गर्ने क्रममा दिक्क नहोस भनेर चिया–कुकिजको पनि व्यवस्था गरेको पनि बताउनु भयो ।

सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले २५ गते ६४ वर्ष र २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गर्नुभयो ।  खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जान अनुराेध गर्नुभयो यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर शिफारिस लिएर जानु हुन पनि अनुराेध गर्नु भयो ।

यो अवधीमा खोप लगाइने केन्द्रको नाम यस प्रकार रहेको छ ।

१. नन्दी रात्री स्कुल, नक्साल
२. वडा कार्यालय, लाजिम्पाट
३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र
४. वडा कार्यालय, वालुवाटार
५. वडा कार्यालय, हाँडीगाउँ
६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध
७. वडा कार्यालय, मित्रपार्क, चावहिल
८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी
९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली
१०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर
११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर
१२. बुद्ध माई अस्पताल, टेकु
१३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी
१४. वडा कार्यालय, भुवनेश्वरी कलंकी
१५. भुइँखेल चौर, स्वयम्भू
१६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार
१७. पब्लिक युथ क्याम्पस, धोवी चौर
१८. पुष्पलाल पार्क, विष्णुमती किनार
१९. वडा १९ कार्यालय परिसर,
२०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी
२१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल
२२. वडा कार्यालय, टेवहाल
२३. नव आदर्श विद्यालय, बसन्तपुर
२४. इतुमबहाल, तारणीबहाल
२५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी
२६. वडा कार्यालय परिसर, लैनचौर
२७. महावौद्ध चोक
२८. कार्यालय परिसर, सिटी मार्केट
२९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार
३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक
३१. इ.पी.एस. स्कूल, मीनभवन
३२. वडा कार्यालय परिसर, पाल्पाकोट

Categorized in स्वास्थ्य-मौसम