STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीय सेना प्रमुख रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर २२, बुधबार

२२ मंसिर, काठमाडौँ - भारतीय सेना प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । बुधबार तमिलनाडूको कुन्नुर नजिकै भएको भारतीय वायु सेनाकाे हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन् ।

रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकोप्टर दुर्घटनामा  रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको हाे । हेलिकोप्टरमा १४ जना सवार थिए।

रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए । उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए । रावतले सन् २०२० जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हालेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय