STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्य्राङ्कको नाममा नागरिकलाई सास्ती र हैरानी दिने पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ४, बुधबार

फागुन ४, काठमाडौं - नेपाल प्रहरीको साइबर ब्युरोले प्य्रांक गर्दै हिँड्ने प्य्राङ्कस्टर आकाश सेढाइँलाई पक्राउ गरेको छ ।

प्य्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई ब्युरोले पक्राउ गरेको जनाइएको छ ।

झापा विर्तामोडका सेढाइँले ८ वर्षअघिदेखि प्य्राङ्क भिडियो बनाउँदै आएका थिए । उनी नेपालका सबैभन्दा पुरानो प्य्राङ्कस्टरमध्येमा पर्छन् । उनले युट्युब च्यानलमा पछिल्लो पटक तीन साताअघि एउटा प्य्राङ्क भिडियो अपलोड भएको देखिन्छ ।

गृह मन्त्रालयले १३ माघ २०७८ मा सार्वजनिक स्थलमा प्य्राङ्क भिडियो बनाउन नपाइने भन्दै विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा हुने भद्दा किसिमका ख्यालठट्टाबाट शिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुनसक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुरक्षामा पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्य्राङ्क भिडियो नबनाउन’ चेतावनी दिइएको थियो ।

एसएसपी अर्यालका अनुसार जिल्ला अदालत, काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सेढाइँविरुद्ध ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।

Categorized in अपराध-दुर्घटना