STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कर्फ्यूबीच सुर्खेतमा प्रहरीमाथि आक्रमण, १० प्रहरी घाइते

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १७, मंगलबार

काठमाडौं - सुर्खेतमा कर्फ्यूका बीच प्रहरी टोलीमाथि आक्रमण हुँदा निरीक्षकसहित १० जना प्रहरी घाइते भएका छन् । आज बिहान कर्फ्यूकाबीच प्रहरी टाेलीमाथि ढु‌ंगामुढा भएकाे हाे ।

कर्फ्यूबारे जानकारी दिँदै माइकिङ गरिरहेकाे प्रहरी टाेलीमाथि ढु‌ंगामुढा हुँदा नगर प्रहरी कार्यालय वीरेन्द्रनगरका प्रमुख लालबहादुर सुनारसहित १० जना प्रहरी घाइते भएका हुन् ।

घाइतेमध्ये सुनारसहित अन्य दुई जवानकाे अवस्था गम्भीर छ । 

एमसीसीको विरोधमा प्रदर्शनकारीले राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गर्न थालेपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा कर्फ्यू जारी गरेकाे छ । तर प्रदर्शनकारीले कर्फ्यू उल्लंघन गर्दै प्रहरीमाथि नै आक्रमण गरेका हुन् । 

प्रहरीले आक्रमणमा संलग्न २ जनालाई पक्राउ गरिएकाे जनाएकाे छ । 

Categorized in राजनीति