STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रसियाका ९ हजार सैनिक मारिएको युक्रेनको दावी

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १९, बिहिबार

एजेन्सी - रसियाका ९ हजार सैनिक मारिएको युक्रेनले दावी  गरेको छ।  युद्धमा दुवै देशले सैनिक मारेको दावी गर्दै आएका छन्।  बुधबार रसियाको रक्षा मन्त्रालयले युक्रेनसँगको  युद्धमा ४९८ सैनिक मारिएको र १५९८ जना घाइते भएको जनाएको थियो।

सैनिकतर्फको क्षतिमा युक्रेन र रसियाले फरक फरक तथ्यांक सार्वजनिक गरेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार बुधबारसम्म २२७ युक्रेनी नागरिकको मृत्यु र ५२५ जना घाइते भएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार रूसी सेनाले युक्रेनको महत्त्वपूर्ण सहर खेरसन समेत कब्जा गरेको छ। मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही सुरु गरेको थियो।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्। यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन्।

युक्रेनमा रुसले आक्रमण गरेपछि त्यहाँबाट करिब १० लाख मानिस पलायन भएका छन्। संयुक्त राष्ट्र संघका अनुसार रुसी हमलाको कारण अहिलेसम्म १० लाख मानिस युक्रेनबाट छिमेकी मुलुकमा पलायन हुन बाध्य भएका हुन्।

Categorized in अन्तर्राष्ट्रिय