मतदानको दिन वैशाख ३० गते सार्वजनिक बिदा
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २६, सोमबार
सरकारले स्थानीय चुनाव ३० वैशाखका सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने ३० वैशाख २०७९, शुक्रबारका दिन नेपालभरका सबै सरकारी कार्यालयहरू र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट २५ वैशाख २०७९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गरी भनेको छ ।
यही ३० वैशाखमा देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन हुँदैछ ।
Categorized in राष्ट्रिय

