STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आंशिक प्राध्यापकले त्रिविमा लगाएको ताला क्रान्तिकारीले तोड्यो

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १८, बुधबार

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पाँच महिनादेखि लगाएको ताला नेकपा (क्रान्तिकारी)ले तोडेका छ । सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र आंशिक प्राध्यापकले लगाएको ताला नेकपा (क्रान्तिकारी)ले तोडेको हो ।

त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ मा लगाएको ताला आज (बुधबार) नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी)ले तोडेको छ ।

‘मध्य केन्द्रीय कमाण्ड’का इन्चार्ज सफलको नाममा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रुपमा जुनसुकै परिस्थितिको सामना गर्न पनि पार्टी तयार रहेको कुरा जानकारी गराउँछौं ।’

नेविसंघका कार्यकर्ताले केही गलत स्वार्थ र मनासय राखेर तालाबन्दी गरेको नेकपा (क्रान्तिकारी)को आरोप छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुँदा महिनौदेखि ताला लगाउनु, उपकुलपतिबाट समस्या समाधान गर्न कुनै चासो नदिएको भन्दै क्रान्तिकारीले आपत्ति जनाएको छ ।

विश्वविद्यालयमा तालाबन्दी हुन नदिने वातारण मिलाउन माग गर्दै बन्द, हड्ताल भन्दा पनि वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोजिनु पर्नेमा नेकपा (क्रान्तिकारी)ले जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२१ औं शताब्दीमा बन्द हड्ताल भन्दा पनि संवादबाटै समस्याको समाधान खोजिनुपर्छ, जिम्मेवार पक्षलाई ताला खोल्न आग्रह गर्दा कसैको पनि ध्यान नपुगेपछि हामी ताला खोल्ने पक्षमा पुगेका छौं ।’

Categorized in शिक्षा