STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एमालेले घनश्याम भुसाल र प्रभु साहसहितका नेतालाई पार्टीबाट हटायो

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २५, आइतबार

काठमाडौं - नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेकोसचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्धय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले सोही अभियोगमा केन्द्रिय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि केन्द्रिय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रिय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचिबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।

उनले भने, ‘गएको चुनावमा पार्टीको विरुद्धमा लागेका, पार्टी परित्याग गरेका व्यक्तिहरुलाई पनि पार्टीबाट हटाउने निर्णय गरेका छौं । पार्टी स्थायी कमिटीका दुई जना सदस्यहरु घनश्याम भुसाल र प्रभु साहलाई हामीले पार्टीबाट हटाएका छौं । त्यस्तै केन्द्रिय कमिटीका सदस्यहरु उपेन्द्र साह, रौतहट, कुन्दन कुशवाह, रौतहट, रामप्रित राम सिरहा, बद्री न्यौपाने, सर्लाही, रिता साह सर्लाही, गंगा चौंधरी दाङ, टेकबहादुर बलम्पाटी महोत्तरी उहाँहरुलाई हामीले पार्टीको केन्द्रिय कमिटीबाट हटाएका छौं ।’

उनले थपे, ‘वाङदे शेर्पा ताप्लेजुङ, सल्लाहकार परिषद सदस्य, खेम सुवेदी कन्चनपुर, भक्तबहादुर अधिकारी कन्चनपुर, लक्ष्मी साह कैलाली उहाँहरुलाई पनि पार्टीबाट कार्वाही गरेका छौं । र, समानुपातिक सूचिमा रहेका तर पार्टी गतिविधिमा लागेका जैतुन खातुनलाई पनि कारबाही गरिएको छ ।’

एमालेले निर्वाचन विरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरुलाई पनि कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ ।

Categorized in राजनीति